डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित



Download our app to get more features

कोलम्बो, १६माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार सात सय भन्दा बढी प्रभावित भएका छन् । 

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् । इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । 

प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् । 

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् । बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । 

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ । रासस र सिन्ह्वा

Last modified on 2019-01-30 10:54:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts