सेक्सबाट विश्राम लिनु रिलेशनसिपको लागि राम्रो मानिन्छ !



Download our app to get more features

दुई जना पार्टनरको बिचको सम्बन्धमा माया प्रेम बाहेक सेक्सले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । केहि सम्बन्धमा त सेक्स अतिआवश्यक नै बन्छ तर, यस्तो हुनु राम्रो मानिदैँन । पार्टनरहरुले आफ्नो सम्बन्धमा केहि समयका लागि विश्राम लिनु आवश्यक हुन्छ । किनकी सम्बन्धमा विश्राम लिनु दुई पार्टनरको सम्बन्धलाई झन बढि राम्रो हुन सक्छ । 

सेक्स बाहेक अरुपनि 
सम्बन्धमा सेक्स बाहेक पनि अरु धेरै कुरा हुन्छ । सेक्सबाट विश्राम लिनाले रिलेशनसिपको अन्य पाटोहरुपनि बुझ्नमा पार्टनरले ध्यान दिन सक्छन् । जसले दुई जनाकोबीच अझ बढि मायाप्रेम र बन्डिंगलाई राम्रो बनाउनमा मद्दत गर्छ ।
 
रिलेशनशिप टेस्ट
तपाईंको सम्बन्ध कतै सेक्समा मात्रै टिकेको त छैन ? यदि यस्तो हो भने तपाईंबीच प्रेमको कमि भएको हुन सक्छ । सेक्सबाट विश्राम लिनाले तपाईंले एक अर्कालाई बुझ्नमा मद्दत गर्छ । जसले तपाईंलाई आफ्नो सम्बन्ध के मा टिकेको छ भन्ने पनि पत्ता लगाउनमा मद्दत गर्छ ।
 
इमोशनली आउन सकिन्छ नजिक 
सेक्सबाट टाँढा रहने क्रममा तपाईं आफ्नो पार्टनरको अन्य कुरामा ध्यान दिन सक्नुहुनेछ । तपाईंहरुबीच एक अर्कासँग गफ गर्न र परिवारको अन्य कुरामा ध्यान दिन सक्नुहुनेछ । साथै एक अर्कासँग एमोसनली जुड्नलाई पनि मद्दत गर्छ ।

अन्डरस्ट्याडिङ्ग बढ्छ
इमोशनली नजिक भएपछि पार्टनरहरुबीच अन्डरस्ट्याडिङ्ग बढ्न थाल्छ । कसलाई के मन पर्छ, के गर्दा एक अर्कालाई खुशि मिल्छ भन्ने कुरा बुझ्न सकिन्छ । पार्टनरलाई के क्रियाकलाप गर्न मन पर्छ भन्ने कुरा सम्झनमा पनि मद्दत गर्छ । एक पटक अन्डरस्ट्याडिङ्ग राम्रो भयो भने कुनैपनि कुराले सम्बन्धलाई बिगार्न सक्दैन । 

 

(नवभारतटाइम्स)

Last modified on 2019-02-02 14:15:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts