सरकारी चिकित्सकको र्यालीः चिकित्सकलाई गाउँगाउँ पठाउँ तर बधुँवा मजदुर नबनाउ (फोटोफिचर)



Download our app to get more features

काठमाडौं २८ माघ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरबन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले सोमबार वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्‍याली निकालेका छन्।

सरकारी चिकित्सक संघ (गोदान)को अगुवाइमा उक्त र्याली भएको हो।  गत पुस ३० गते संघ र स्वास्थ्य मन्त्रालयबीच सहमति भएको थियो।

विगतमा सरकारसँग गरिएको सहमति विपरीत समायोजन मान्य नहुने भन्दै संघले  आन्दोलन सुरु गरेको थियो।

आइतबारबाट स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिन थालेको गोदानले सरकारलाई सहमति अनुसार काम गर्न दवाव दिइरहेको छ ।

Last modified on 2019-02-11 17:15:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts