राष्ट्रिय परिवार योजना सम्मेलन हुँदै



Download our app to get more features

काठमाडौँ ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको आयोजनामा ‘परिवार योजनाः सेवाको पहुँचबाहिर परिकालाई समेट्ने’ नारासहित राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ ।

अगामी चैत ४ र ५ गते काठमाडौंको याक एण्ड यति होटलमा उक्त सम्मेलन हुने महाशाखाले बताएको छ । सोही कार्यक्रमको उद्देश्यबारेमा छलफल गर्न महाशाखाको आयोजनामा शुक्रबार राष्ट्रिय स्वास्थ्य सूचना केन्द्र, टेकुमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशन तथा राष्ट्रिय परिवार योजना सम्मेलनका अध्यक्ष डा. आर.पी बिक्षा, महाशाखा तथा केन्द्रका अन्य प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

महाशाखाका अनुसार उक्त दुई दिने सम्मेलनमा सरकार, विकास साझेदार, वैज्ञानिक, शिक्षणकर्मी, स्वास्थ्य पेशाकमी, मेडिकल कलेज, मिडिया , अनुसन्धानकर्ता लगायतको सहभागिता हुने भएको छ । सम्मेलनका क्रममा परिवार योजनासेवाका विभिन्न विषयबस्तुहरु प्रस्तुत गरिने महाशाखाले बताएको छ ।

राष्ट्रिय परिवार योजना सम्मेलन समितीको सदस्य सचिव कविता अर्यालले सम्मेलनको उद्देश्य र सम्मेलनबारे जानकारीमूलक प्रस्तुतीकरण दिएकि थिइन् । विशेषगरी सिमान्तकृत जनसमुदाय तथा जो परिवार योजनाकाबारेमा अनविज्ञ छन्, सोही व्यक्तिहरुलाई परिवार योजना सेवाको पहुँचभित्र पार्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको सचिव आर्यालले जानकारी दिइन् । नेपालले परिवार योजना कार्यक्रममा राम्रो प्रगति गरेको अध्यक्ष विक्षाले बताए । जुन कुरा महिलाले सरदर जन्माउने सन्तालको संख्यामा आएको कमिले दखाउने उनको भनाई छ ।

उनका अनुसार सन् १९९६ मा सरदर एक महिलाले ४.६ सन्तान जन्माउँथिन् भने सन् २०१६ मा यो घटेर २.३ पुगेको छ । त्यसैगरी, परिवार नियोजनको साधन प्रयोग गर्ने बढेर ४.६ पुगेको छ ।

Last modified on 2019-02-15 16:14:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts