स्वास्थ्य सेवाका कर्मचारी समायाेजन गर्दा एक तह बढुवा गर्न माग



Download our app to get more features

काठमाडौं, ३ फागुन । स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गर्दा एक तह बढुवा पाउनुपर्ने माग राख्दै स्वास्थ्य प्रवर्दन तथा शिक्षा संघ नेपालले माग गरेकाे छ ।

संघले कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम स्वास्थ्य सेवाका कर्मचारी प्रदेश र स्थानिय तहमा समायोजन हुन समान रुपमा समायोजन नहुने देखिएकाे भन्दै संघले प्रेस विज्ञप्ति जारी गर्दै विराेध गरेकाे हाे । तर, यता प्रशासन सेवाका कर्मचारीहरु संघीय निजामति सेवामा रहेर प्रदेशमा र स्थानिय तहमा काम गर्न खटिने व्यवस्था छ । संघले निजामति सेवामा विभेद भएको भन्दै आपत्ति जनाएको छ ।

सघंले समायोजन भइ जानुअघि नै नेपाल स्वास्थ्य सेवाका अधिकृत तहका कर्मचारीलाई एक तह बढुवा हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । संघले कनिष्टको नेतृत्व अन्तर्गत काम गर्नु नपर्ने व्यवस्था र प्रदेश सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवावाट सचिव हुने व्यवस्था गर्न पनि माग गरेको छ । संघका अध्यक्ष बद्रि बहादुर खड्काको हस्ताक्षर रहेको विज्ञप्तिमा एउटा कानुनबाट सबैलाई समान न्याय र निकास हुनुपर्ने भनिएकाे छ ।

स्वास्थ्य सेवाका विज्ञ र क्षमतावान कर्मचारी स्वास्थ्य सेवा समुह संचालन गर्ने प्रदेश मन्त्रालय र स्थानिय तहको क्रमश सचिव र प्रमुख प्रशासकिय अधिकृत हुने अवसरबाट स्वास्थ्य सेवाका कर्मचारीलाई बन्चित र विभेद गरिएको भन्दै विज्ञप्तिमा विराेध गरिएकाे छ ।

Last modified on 2019-02-17 07:14:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts