नियमित सेक्स गर्नाले बढ्छ महिलाको स्मरणशक्ति



Download our app to get more features

यदि तपाईं सोच्दै हुनुहुन्छ की धेरै वा नियमित सेक्स गर्नाले तपाईंलाई कुनै किसिमको नोक्सान हुन सक्छ भने तपाईं गलत हुनुहुन्छ । विशेषगरी महिलाको लागि खुशिको खबर छ । किनकी महिलाले नियमित सेक्स गर्नाले उनको स्मरणशक्ति बढ्ने तथ्य पपत्ता लागेको छ ।  एक नयाँ  अध्ययनका अनुसार जो महिला नियमित रुपले सेक्सुअल इन्टरकोर्समा सहभागि हुन्छन् उनमा कुनैपनि काम र शब्दहरु इाद राख्ने क्षमता निकै राम्रो हुन्छ । 

क्यानेडाको मन्ट्रियल स्थित म्याकगिल यूनिभर्सिटीका अध्ययनकर्ताले गरेको अध्ययनमा पीभीआई अर्थात् पीनाइल भजाइनल इन्टरकोर्सको स्वस्थ महिलाको स्मरण क्रियाकलापमा सकारात्मक असर पार्छ । जसले गर्दा उनलाई कुनैपनि कुरा याद राख्ने क्षमता राम्रो बनाउँछ । 

अध्ययनका लागि १८ देखि २९ वर्ष उमेरका ७८ जना हेट्रोसेक्शुअल महिलालाई कम्प्यूटराइज्ड मेमरी उबचबमष्नm लाई पुरा गर्नका लागि भनिएको थियो । जसमा केहि महिलाले केहि काल्पनिक शब्द र निपक्ष अनुहार थिए । आर्काइभ्स अफ सेक्शुअल बिहेवियर नामक जर्नलमा प्रकाशित अध्ययन नतिजाका अनुसार नियमित रूपले सेक्स गर्नाले काल्पनिक शब्द याद राख्नेमाथि सकारात्मक नतिजा देखिएपनि अनुहार याद राख्नेमा देखिएन । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-02-17 07:14:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts