बिश्रामपुर स्वास्थ्य चौकीमा एक लाखको औषधी खरिद गरि १० लाखको बिल पेश


Download our app to get more features
Spark_health_home Birat Hospital

रौतहट २२ फागुन । रौतहटको बृन्दाबन नगरपालिकाको स्वास्थ्य फाँटबाट औषधी खरिद प्रक्रियामा भ्रष्टचार भएको छ । एक लाख मुल्य बराबरको औषधी खरिद गरि नगर स्वास्थ फाँटका संयोजक रामनरेश यादवले १० लाखको औषधी भनेर सोही नगर भित्र पर्ने बिश्रामपुर स्वास्थ चौकीका इन्र्चाज राजेन्द्र यादवलाई हस्तान्तर गर्न खोज्दा बिवाद उत्पन्न भएको हो । 

नगरले यस आर्थिक बर्षका लागि स्वास्थ चौकीको लागि खरिद गरेको दश लाख रुपैया मुल्य बराबरको औषधीको टेण्डर प्रक्रियामा खुल्ययाम भ्रष्टाचार गरि आफुलाई बल जबजस्ती साक्षी बनाउन चलखेल भईरहेको इन्र्चाज यादवले आरोप लगाएका छन । स्थास्थ्य फाँट बाट बुझाउन लागिएको औषधीमा आधा जसो नेपाल सरकारबाट निशुल्क बितरण गरिने औषधी समेत समाबेश गरेको पाइएको बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख यादबले बताएका छन ।

vayoda

bp_ad

सर्वसधारण जनताको जिवनसँग खेलवाड गर्न खोज्दा स्थानीयबासी समेत आक्रोसित भएकोले जब सम्म यस अनियमित्ताको छानबिन समिति र यस्ता कार्यमा संलग्न रहेको दोषी व्यक्तिलाई कार्वाही नभए सम्म तालाबन्दी रही नै रहने इन्चार्ज यादवले बताए । निशुल्क बितरण गरिने औषधीमा आर एल, सिटामोल, डायजिन, एमोक्कसिसिलिन, मेट्रोन लगायत दश प्रकार भन्दा बढिको रहेको उनले बतए । विभिन्न ठाउँमा औषधी खरिदमा अनियमिता भएको सार्बजनिक भएपछि नगरपालिकाको स्वास्थ्य फाँटले औषधीको परिणाम पुरयाएर त्यहाँ सबै औषधी राखिएको भनी आफनो कर्तुतबाट जोगिन खोजेको सोही ठाउँको सर्वसधारण जनताको आरोप रहेको छ ।

औषधी खरिद प्रक्तियामा भएको भ्रष्टाचारी सम्बन्धी सोही नगरको स्वास्थ्य फाँटका संयोजक रामनरेश यादवले बजेट र खरिद प्रक्रिया आफुलाई थाहा नभएको र नगरपालिकाबाट औषधी बुझाउन दिएको जिम्मेबारी अनुरुप कार्य गरेको बताए । नगरपालिका कार्यालयमा औषधी राख्ने ठाउँ नभएकोले बिश्रामपुर स्वास्थ चौकीको कार्यालयमा राख्न कार्यालयबाट आदेश दिएपछि मात्र औषधी राखेको छ । नगरभरिको कुनै स्वास्थ चौकीलाई अहिले सम्म औषधी हस्तान्तरण नगरेको संयोजक यादवले बताएका छन । सो नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी रहेका छन् । सबै स्वास्थ चौकीको लागि औषधी खरिद भएको छ । लगभग एक वर्ष हुन लागेको केही बिषयलाई लिएर स्वास्थ चौकीमा स्थानीय द्रारा तोडफोड भएकोले कोठाहरुमा झ्याल, ग्रिल राम्रो च्यानल ग्रेट नरहेकोले प्रहरी र स्थानीयबासीको रोहबरमा दुई वटा तालाबादी गरिएको संयोजक यादवले बताए । सोही बिषयलाई लिएर स्थानीय आक्रोशित बनेका छन । बृन्दाबन नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत टेकराज पन्थीले आफुले निरिक्षण गरेपछि मात्रै औषधी बितरण गर्न भनेकाले रोकिएको बताए ।

स्वास्थ्य चौकीमा संचालन हुदै आएको प्रसुती सेवा चार महिना देखि बन्द रहेको छ । प्रसुती सम्बन्धि एसबीए तालिम प्राप्त नर्स सो नगरपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य चौकीमा तीन जना कार्यरत रहेपनि प्रसुती सेवा संचालन हुदै आएको एक मात्र सो स्वास्थ्य चौकीमा नखटाइएका कारण सेवा बन्द भएको हो ।

Last modified on 2019-03-07 09:45:35

samyog_advertisement Kathmandu Cancer Center alka

1 Comments

  1. लुटन सके लुट रे कान्छा लुटन सके लुट अरु कतै पाइदैन यो नेपाल मै छ छुट ..........चरितार्थ हुँदै छ नयाँ नेपाल बन्दै छ ! जय हो लुटतन्त्र !

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts