अमेरिकामा दादुराको महामारी, सार्वजनिक स्थलमा जान ३० दिनका लागि प्रतिबन्ध



Download our app to get more features

अमेरिका, १४ चैत । अमेरिकाको न्यूयोर्कस्थित रकल्याण्ड काउन्टीमा दादूराको महामारी फैलिएको छ । 

पछिल्लो पटक दादूराका १ सय ५३ बिरामी फेला परेपछि रकल्याण्ड काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । 

खोप नलगाएका बालबालिकालाई सो काउन्टीका सार्वजनिक स्थलमा जान ३० दिनका लागि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको उल्लंघन भए ५ सय डलर जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनसक्ने जनाइएको छ । 

वासिङ्गटन, क्यालिफोर्निया, टेक्सास र ईलिनोइसमा समेत ठूलो संख्यामा दादूराका बिरामी फेला परेका छन् । सैद्धान्तिक तथा धार्मिक कारण देखाएर तथा अटिजम हुनसक्ने अफवाह फैलिएका कारण अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्यामा कमी आउदा दादूराको प्रकोप बढेको हो ।
 

Last modified on 2019-03-29 21:26:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts