बालबालिकामा बढ्दैछ एनिमियाको खतरा !



Download our app to get more features

एनिमिया अर्थात् रक्त अल्पत्ता एक यस्तो समस्या हो जसप्रति मानिसको ध्यान सधै कम नै हुन्छ । तर, हालै गरिएको अध्ययन अनुसार एनीमियाका कारण वयस्क मात्रै होइन बच्चामा पनि समस्या देखिएको छ । बढ्दो उमेरसँगै एनीमियाको सम्भावना पनि बढ्दै जाने रिपोर्टमा पाइएको छ ।

सर्वेक्षणको परिणाम जनवरी २०१६ को मार्च २०१९ को बीच देशभरका एसआरएल ल्याबोरेटरीजमा हेमोग्लोबिन जाँच सम्बन्धी रिपोर्टमा आधारित छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरमा झन्डै २ अर्ब मानिस एनीमियाका कारण प्रभावित छन् । यस मध्ये आधा जति मानिसमा आइरनको कमि पाइएको छ । 

सर्वेक्षण रिपोर्टका अनुसार ८० भन्दा बढि उमेरका ९१ प्रतिशत मानिस, ६१ वर्ष उमेरदेखि ८५ वर्ष उमेरका ८१ प्रतिशत मानिस, ४६ देखि ६० वर्ष उमेरका ६९ प्रतिशत मानिस, ३१ देखि ४५ वर्ष उमेरका ५९ प्रतिशत मासिन, १६ देखि ३० वर्ष उमेरका ५७ प्रतिशत मानिस र  ० देखि १५ वर्ष उमेरका ५३ प्रतिशत र किशोर एनिमियाका कारण प्रभावित छन् भने ४५ वर्ष उमेरभन्दा धेरै उमेरका मानिसमा रक्त अल्पत्ता सम्बन्धी सबैभन्दा बढि गम्भिर समस्या पाइएको छ ।
 
हेल्थ एक्सपर्टका अनुसार शरीरमा रातो रक्त कोष वा हेमोग्लोबिनको मात्रा कम हुनाले शरीरको अर्गन सिस्टमलाई स्थायी रूपले नै नोक्सान हुन्छ । रातो रक्त कोषको कमीका कारण शरीरमा रगतको माध्यमबाट अक्सिजनको प्रवाह कम मात्रामा हुन्छ । जसले मानिसमा थकाई, छाला पहेँलो हुने, टाउको दुख्ने, मुटुको गतिमा अनियमितता हुनु र श्वास छिटोछिटो लिन थाल्नु जस्ता समस्या उत्पन्न हुन्छ । त्यस बाहेक मूड परिवर्तन हुने र कमजोरी हुने जस्ता समस्याले पनि सताउन थाल्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-04-17 16:47:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts