पीरियड्सको बेला सेक्स गर्ने सोचमा हुनुहुन्छ ? यी कुरा ध्यानमा राख्नुहोस्



Download our app to get more features

पीरियड्स अर्थात् महिनावारीको बेला पनि कतिपय जोडीले सेक्स गर्नबाट डराउँछन् । उनका अनुसार यस अवस्थामा सेक्स गर्नाले दुवैलाई नोक्सान हुन सक्छ । उसो त विभिन्न अध्ययनमा सहभागि डाक्टरहरुले यदि कपल्स सहज छन् भने महिनावारीको बेला पनि सेक्स गर्नमा कुनै समस्या नहुने बताउँछन् । 

♦ पीरियड्सको क्रममा सेक्सको इच्छा छ या छैन त्यस कुरालाई लिएर पार्टनरले एक अर्कासँग कुराकानी गर्नु राम्रो हुन्छ । यदि तपाईं सहज हुनुहुन्छ भने मात्रै महिनावारीको बेला सेक्स गर्न सक्नुहुन्छ अन्यथा नगरेको राम्रो ।

♦ यस अवस्थामा सेक्स गर्नुभन्दा पहिले बेडमा प्लास्टिक या डार्क कलरको बेडसिट ओछ्याउँदा हुन्छ, ताकि दाग नलागोस् ।

♦ सेक्सको क्रममा कुनैपनि किसिमको समस्या भयो भने तुरन्त आफ्नो पार्टनरलाई भनिहाल्नु पर्छ । यदि तपाईंलाई बढि समस्या भयो भने आफूलाई धेरै फोर्स गर्नु हुँदैन । 

♦ कुनै विशेष पोजिशनमा बढि दुख्यो भने पोजिशन चेन्ज गर्न सक्नुहुन्छ । तपाईंले अरु दिन जस्तै महिनावारीको बेलामा पनि त्यहि पोजिशनमा सेक्स गर्नु भन्दा पनि आफूलाई जुन पोजिशनमा सहज हुन्छ त्यसमा नै गर्नुपर्छ र यस विषयमा पार्टनरलाई पनि बताउनु पर्छ । 

♦ मेल पार्टनरले कन्डमको प्रयोग गर्न बिर्सनुभएन । यसले दुवै जनालाई कुनैपनि संक्रमणबाट जोगाउँछ ।

♦ सेक्स गर्ने स्थानमा टिस्यू, वाइभ्स वा कपडा राख्नुपर्छ ताकि यदि अवस्था विग्रियो वा रगत आयो भने सफा गर्न सहज हुन्छ । 

♦ सेक्स भन्दा पहिले र पछि राम्रो सँग गोप्य अंगलाई पानीले सफा गर्नुपर्छ । 

♦ सेक्सपछि यदि गोप्य अंगमा समस्या भयो भने डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ । 

♦ महिनावारीको बेला गर्भ बस्ने सम्भावना निकै कम हुन्छ, तर, यदि तपाईंलाई आफ्नो परिवार अगाडी बढाउने कुनै इच्छा छैन भने रिस्क लिनबाट जोगिनुपर्छ ।

 

(न्यूयोर्कको मेडिकल सेन्टर फोर फिमेल सेक्सुएलिटिले गरेको अध्ययनमा आधारित)

Last modified on 2019-04-20 17:15:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts