इवामुरा अस्पतालमा पित्तथैली सम्बन्धि शिविर एक महिनासम्म



Download our app to get more features

काठमाडौं, १ जेठ । भक्तपुरको सल्लाहघारीमा रहेको इवामुरा मेमोरियल अस्पतालले एक महिनाको बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेठ एक गतेबाट सुरु भएको उक्त शिविरमा पित्तथैलीको पत्थरीको उपचार गरिने छ । अस्पतालले दुर्विन प्रविधिबाट सिमित अवधिको लागि बृहत प्याकेजको शिविर सञ्चालन गरिरहेको छ । शिविर जेठ ३२ गतेसम्म सञ्चालन हुने छ । 

साथै शिविरमा नाम टिपाइ निशुल्क भिडियो एक्सरे बाट पित्तथैलीको सम्पूर्ण जानकारी लिन सकिन्छ । नाम टिपाउनको लागि ९८६१९३७३४५ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। 
 

यस्ता छन् पित्तथैलीमा पत्थरी हुँदाका लक्षणहरु
चिल्लो खानाबाट पेट फुल्ने वा दुखाई
पेटको दाँया कोखा वा पेटको बीचमा दुखाई
दाँया काँधमा दुखाई
ढाडमा दुखाई
एक्कासी तौल घट्नु
धेरै दिशा भइराख्ने आदि


 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts