३४ करोडको लगानीमा सिद्धार्थनगर सिटी अस्पतालको सुबिधा सम्पन्न भबन बन्ने



Download our app to get more features

रुपन्देही, ३०जेठ । सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ । भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको जनाएको छ । १९  करोडको लगानीमा  सुबिधा सम्पन्न र आधुनिक भबन निमार्ण हुने अस्पतालले जनाएको हो । त्यस्तैगरी  १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी गरेर जम्मा ३४ करोडको परियोजना  अघि बढेको  अस्पतालले जनकारी दिएको छ ।

नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको भुकम्प प्रतिरोधी हुने छ । जसमा अन्डरग्राउन्ड पार्किङ, अध्याधुनिक बिद्युतीय लिफट्, साधरण र आकस्मिक सिढीसहितको  ५ तले भबन कुलक्षेत्रफल  ५२ हजार  रहने छ । नयाँ भबनमा  प्रयाप्त भेन्टीलेसन लाईट आर्कषक गाडेन सहितको स्वच्छ बाताबरणमा  मेडिटेशन, सेन्टर कन्फ्रेन्सन हल, लाईबेरी रहने कुरा अस्पतालका प्रबन्धक निर्देशक अर्जुन पौडेलले बताए ।

५० सैयाको अस्पतालमा  पुर्णरुपमा  डिजीटल र पेपरलेस काम हुने छ भने सिटी स्क्यान, ट्रमासेन्टर, आईसियु, सिसियु लगायत सम्पुर्ण सेवा उपलब्ध हुनेछ । साथै काठमाडांैका प्रतिष्ठित  अस्पतालसंग सम्झौत गरि काठमाडांैका चिकित्सकहरुको टोली र यस क्षेत्रका चिकित्सकटोली द्धारा विशिष्ट सेवाहरुका साथै न्युरो सर्जरी, स्पाईनल अप्रेशन, ईनफर्टिलीटी सेन्टर जस्ता  सेवा संञ्चालन गरिने छ । 

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल नजिक रहेको हुदा  बाहिर बाट चिकित्सकको टोली ल्याउन सहज हुने र विदेशी बिरामीहरुलाई समेत मध्यनजर गरि ट्राभल मेडीसिन अन्र्तगत  सेवा दिनलाई  अस्पतल भित्रै ईन्टरनेस्नल किल्निक पनि संञ्चालन गरिने कुरा पौडेलले बताए । अस्पतालका  संञ्चालक  डा अमित चर्तुबेदीले  अन्तराष्ट्रिय  बिमानस्थल नजिक भैरहवा देखी लुम्बीनी सम्म ६ लेनको सडक लुम्बिनीमा बढदो पर्यटक नजिकै रहेको भारतीय सिमाको कारण  भैरहवामा संञचालन हुने यस अस्पतालमा  मेडिकल टुरिजमको संभाबना रहेको कुरा जानकारी दिए ।

 अस्पतालले  साबिकको लुम्बिनी अञ्चल अन्र्तगत  सम्पुर्ण जिल्लाहरु सहित  ५ नं प्रदेशका हरेका क्षेत्रहरु तथा  सिमार्वती भारतीय नागरिकहरुलाई सेवा दिने लक्ष्यराखेको छ । अस्पतालले हाल निशुल्क  डायलाईसिस सेवा,  आमासुरक्षा कार्यक्रम, हाडजोर्नि जनरल सर्जेरी लगायत सम्पुर्ण अप्रेशन आईशियु, एनआईसियु लगायतका सेवाहरु दिईरहेको अस्पताललका अध्यक्ष  डा. सुवोध कुमार पाण्डेले बताए ।

Last modified on 2019-06-14 07:04:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts