गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले आयोजना गर्दै निःशुल्क शिविर



Download our app to get more features

ललितपूर, १५ असार । सातदोबाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा.लिले बाथरोग सम्बन्धी  निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श गराउने भएको छ ।

प्रा.लिद्वारा संचालित बाथरोग मधुमेह तथा थाइराइड सेन्टरमा असार २१ गते  यो सेवा दिन लागिएको हो । उक्त स्वास्थ्य शिविरमा ‘आरए फ्याक्टर’ र ‘युरिक एसिड’को जाँचमा निःशुल्क उपचार गरिने भएको छ ।

अन्य जाँचमा भने विशेष छुट गरिएको गोसाईकुण्ड स्वस्थ्य सेवा केन्द्रले जनाएको छ ।  

शनिवारका दिन हुने यस शिविर बिहान ९ बजेदेखि शुरु भएर दिउँसो ३ बजेसम्म संचालन हुने भएको छ ।  
 

Last modified on 2019-06-30 16:57:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts