मोडिफाइड सवारी साधनले चालकको स्वास्थ्यमा गम्भीर असर (भिडियोसहित) 



Download our app to get more features

शहरी क्षेत्रमा होस् या ग्रामीण क्षेत्रमा सवारी साधनको प्रयोगकर्ता निरन्तर बढीरहेका छन् । शहरी क्षेत्रका कामकाजी मानिसका लागि त सवारीसाधान अनिवार्य जस्तै भएको छ । सवारी साधन चलाउँदा के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा वरिष्ठ हाड जोर्नी विशेषज्ञ प्राडा गणेश गुरुङको सुझाव यस्तो छ ः– 

आधुनिकताले मानिसको जीवनशैली धेरै सहज बनिरहेको छ । यसको एक उदाहरण हो नयाँ नयाँ सवारी साधानको आगमन । ग्रामीण भेगसम्मै सडक सञ्जाल जोडिएपछि सवारी प्रयोगकर्ता बढेका छन् । सवारी साधनका कारण धेरै काम चाडै पुरा मात्रै भएका छैनन् समय पनि बचत भएको छ । तर सवारी साधानको लामो सयमसम्मको प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर परेको छ । 

सवारी साधनमा पनि विशेष गरेर मोटरसाइकल, स्कुटर चालकले सवारीसाधन मोडिफाइ गर्ने, सिटहरु अग्लो बनाउने, आवाज ठुलो आउने, कम्पन्न हुने खालको बनाउने प्रवृति बढ्दो देखिन्छ । यसले तत्कालै र विस्तारै स्वास्थमा गम्भीर असर पुर्याउने गर्छ । कम्पनीबाट सवारी साधन निर्माण गर्दा स्वास्थ्यमा ध्यान दिएर बनाइएको हुन्छ । सवारीसाधन मोडीफाई गर्दा यसले चालकको ढाड, कम्मर, गर्दन, मांसपेशीहरुको दुखाई आउँछ । यस्तो समस्या बढ्दै भए पछि गम्भीर अबस्था नल्याउला भन्न सकिन्छ ।
 

यसरी चलाऔं सवारी साधन 
हाम्रो सडकको अवस्था पनि राम्रो छैन् । खाल्डाखुल्डी बढी भएकाले सिमित  गतिमा चलाउनु पर्छ । सवारी साधन मोडिफाई नगरि चलाउनु पर्छ । सवारी साधनमा बस्दा पोस्चरमा सधै ध्यान दिनु पर्छ । नियमित व्यायम गर्नु पर्छ । सन्तुलित खाना खानुपर्छ ।

 

Last modified on 2019-07-15 08:47:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts