साउने संक्रान्ती

लूतो फालेर होइन, उपचार गरेर ठीक हुन्छ, कसरी गर्ने उपचार ?

घरेलु बिधिबाट पनि लुतोको उपचार गर्न सकिन्छ


Download our app to get more features
Spark_health_home NHEICC_adv

सौर्यमान अनुसार सूर्य दक्षिणायन भै कर्कट रेखामाथि पुग्ने साउन एकगतेको दिनलाई कर्कट संक्रान्ती पनि भनिन्छ । यसै दिनलाई हामी लुतो फाल्ने दिनका रुपमा मान्ने गर्छौं ।

साउन १ का दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो (लुतो) फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । साँझमाआगोमा कुरिलो पड्काएर धुप धुवाँर गर्दै वेद‚बाँस‚ गलेनी‚पानीसरो लगायत बिरुवा जम्मा गर्ने र धुप गरिएको अगुल्टो ’मेरो लुतो लैजा है फलानो’ भन्दै नाङ्लो ठटाउँदै‚शंख घण्टा बजाउँदै कराएमा आफ्नो आङ र जाङको लुतो अरुमा सार्ने विश्वास लिइन्छ । यसो गरिरहँदा ढिकी कुट्ने र केहीबेर घरको ढोका समेत बन्द गर्ने प्रचलन पनि छ ।

संस्कृतिको कुरा जे जस्तो भएपनि नियमित सरसफाईले यस्ता रोगव्याधीबाट बच्न सकिन्छ। यस्ता सरुवा रोगहरू गर्मीयामको फोहोरमैला तथा दूषित वातावरणमा धेरै फैलने सम्भावना हुन्छ। गर्मीमा फैलने मुख्य रोगहरूमा झडापखाला, हैजा, टाइफाइड, मेनेन्जाइटिस, इन्सेफलाइटिस, औलो, कालाज्वर, आँखापाक्ने, छालाका विभिन्न समस्या र लुतो पनि एक हो।

के हो लुतो रोग?

सार्काेप्टिस स्क्याबीनामको जीवाणुका कारण लुतो लाग्छ। तुलनात्मक रूपमा कम सरसफाई हुने भएकोल यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्छ । तर, ननुहाउने, समय समयमा लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्छ। सार्कोप्टिस स्क्याबीजीवाणु मानव शरीरका न्यानो भाग– जस्तै, औंलाको काप, काखी, काछ, जननेन्द्रिय वरिपरिका छालामुनि डेरा जमाएर तातो रगत चुस्न मन पराउँछ।

यसले राति धेरै रगत चुस्ने हुनाले रातमा बढ्ता कन्याउनुपर्ने हुन्छ। निद्रा वा अर्धनिद्रामा बढ्ता कन्याउँदा छाला खुइलिने, रातो हुने र बिमिरा उठ्ने हुन्छ। कन्याउने नङ फोहोर रहेछ भने त्यसबाट अन्य ब्याक्टेरियाको कारण अन्यभागमा संक्रमण फैलिन सक्छ । लुतोको जीवाणुलाई सूक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिन्छ। पोथी सार्काेप्टिस स्क्याबीले छालाको बाह्य सतहमै ३० देखि ४० वटा फुल पार्छ। त्यो फुल छालामुनिको सूक्ष्म प्वालहरूमा एक हप्तामै विकसितभई वयस्क हुन्छन्।

लुतो आउनुको कारण ?

लुतो आउनुको मूल कारण व्यक्तिगत सरसफाईको कमी नै हो। र, यो समस्या उहिले कति व्यापक थियो भन्ने कुराको अनुमान साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन बस्नुबाट पनि लगाउन सकिन्छ। अहिले पनि सबै नेपाली साबुन लगाएर दैनिक नुहाउने हैसियतमा पुगिन सकेको वा संस्कार नबसिसकेकोले गाउँघरमा लुतो पीडितको संख्या ठूलो छ। सरसफाईमा ध्यान नदिई लुतो कन्याउँदै हिंड्ने मानिस शहरमा पनि भेटिन्छ ।

उपचार

छालामा लुतो देखापर्नासाथ समयमै उपचार गर्नुपर्छ । बेलैमा उपचार नभए शरीरका सबै भागमा फैलिन सक्छ । सुरुमा स–साना घमौरा जस्ता मसिना राता बिबिरा देखिन्छन् । बेस्सरी कन्याउँदा लुतोले घाउको रूप लिन्छ । घाउ ठूलो भएपछि निको हुनगाह्रो हुन्छ । घाउ पाकेमा पिप जम्ने गर्छ । वेलैमा उपचार नगरे अरुलाई पनि सर्न सक्छ । यदि लुतो नै हो भन्ने थाहा पाएपछि सल्फर, बेन्जोएल बेन्जोएट वागामा बेञ्जिन हेक्जाक्लोराइडयुक्त औषधिप्रयोग गर्दा यसबाट छुटकारा पाउन सकिन्छ। लुतो लागेपछि वात्यसको शंकामात्रलागे पनिअरूलाई त्यसबाट जोगाउनओछ्यान छुट्याएर उपचार थाल्नुपर्छ। 

घरेलु बिधिबाट पनि लुतोका् उपचार गर्न सकिन्छ । 

  • नीमको पातलाई पिंधेर लगाउनाले  चिलाउने खालको छालाको रोग एक्जीमालुतो दादआदिलाई ठिक गर्छ 
  • हिंगलाई तातो पानीमा राखेर लेप (मलम जस्तो ) बनाईलगाउनाले दाद, लुतो जस्ता छालाका रोग निको भई रोग प्रतिरोधात्मकक्षमता बढाउछ ।
  • घोडताप्रेको सम्पूर्ण भागलाई पकाएर मनतातो भएपछि लुतो दादभएको भागमा सफागर्नाले लुतो रोग निको हुन्छ ।
Last modified on 2019-07-17 13:55:56

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv