इबोलाको संक्रमण रोक्न विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा



Download our app to get more features

कंगो, २ साउन । विश्व स्वास्थ्य संगठनले कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ । 

इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको हो । 

यसले इबोला नियन्त्रणका लागि दातृ राष्ट्रहरुको सहयोगलाई बढाउने संगठनको विश्वास छ । इबोलाको संक्रमण बढेपछि कंगोसंग जोडिएका सीमा बन्द गर्नुपर्ने आवश्यकता नरहेको संगठनको भनाइ छ ।

यहाँबाट बाहिरी देशमा इबोला फैलिने सम्भावना कम भएकाले बोर्डर बन्द गर्न नपर्ने भएको हो । डब्ल्यू एच ओका अनुसार इबोलाका कारण पछिल्लो समय १६ सय भन्दा बढीले यहाँ ज्यान गुमाइसकेका छन् ।  

यो हप्ता मात्रै कंगोमा इबोलाको संक्रमण पाइएपछि सजगता अपनाइएको थियो । २०१४ देखि २०१६ को बिचमा मात्रै कंगोमा इबोलाका कारण ११ हजारले ज्यान गुमाएका थिए । 
 

Last modified on 2019-07-18 16:55:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts