शल्यक्रियाबाट सुत्केरी गराउने क्रम बढेपछि ब्राजिलका डाक्टरले निकाले यस्ताे जुक्ति



Download our app to get more features

ब्राजिल, २ साउन । विश्वभर शल्यक्रियाबाट सुत्केरी हुनेको संख्या बढ्दै गएपछि ब्राजिलका एक जना डाक्टरले अनौठो तरिकाबाट सामन्य सुत्केरी गराउने उपाय अपनाएका छन् ।

ब्राजिलका डा.फरनान्डोले गर्भवति महिलालाई शल्यक्रिया भन्दा सामान्य तरिकाले सुत्केरी गराउने गरेका छन् । 

डा.फरनान्डोले अस्पतालमा आउने गर्भवति महिलालाई सुत्केरी व्यथा होस् र शल्यक्रिया भन्दा पनि सामान्य सुत्केरी गराउन सकियोस् भनेर उनीहरुलाई नाच्न लगाउने, विभिन्न शारीरिक क्रियाकलाप गराउने गरेका छन् ।

शल्यक्रिाबाट जन्मिने बच्चा र आमामा पनि विभिन्न समस्याले आक्रमण गर्ने र बच्चाको वृत्ति विकासमा पनि अवरोधको खतरा बढ्न थालेकोले डा.फरनान्डोले यो उपाय अपनाउने गरेका छन् ।
उनका अनुसार जो महिला चाँडै र शल्यक्रिया बिना बच्चा जन्माउन चाहन्छन् भने नियमित हिँड्ने र शारीरिक क्रियाकलापलाई बढाउनुपर्छ । सुत्केरी हुने समय शारीरक क्रियाकलाप र शरीरको मुभमेन्टको ६ देखि ७ घन्टामा नै सुत्केरी व्यथा लाग्ने गर्छ ।

उनको अस्पतालका सम्पूर्ण कर्मचारीहरु महिलाको सहज सुत्केरी गराउनमा संलग्न हुने गर्छन् । 

अस्पतालमा गर्भवति महिलालाई सामान्य सुत्केरी गराउनका लागि डा.फरनान्डोले सुत्केरी गराउन आएका महिलासँग गरेको डान्सको भिडियोलाई ५० हजारभन्दा बढिले सामाजिक सञ्जालमा निकै मन पराइराखेका छन् ।
 

Last modified on 2019-07-18 16:56:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts