स्वास्थ्यको प्रतिवेदनः ६ प्रतिशत काम नै सुरु भएन, ७९ प्रतिशत सम्पन्न, १५ प्रतिशत प्रगतिमा 



Download our app to get more features

काठमाडौं, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिकवर्षको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार नीति तथा कार्यक्रमको समग्र प्रगति अवस्था हेर्दा ६ प्रतिशत मात्रै काम हुन नसकेको मन्त्रालले दावी गरेको छ ।

कामको संख्याको आधारमा भन्नुपर्दा ४ वटा काम हुन नसकेको मन्त्रालयका नीति योजना तथा मुल्यांकन महाशाखा प्रमुख विकास देवकोटाले बताए । उनका अनुसार दुवाकोटमा बन्ने भनेको वीर अस्पतालको कार्य र स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण तथा चिकित्सक उपलव्ध गराउन नसकेको लगायतका काम बाकिँ रहेको छ । 

त्यस्तै मन्त्रालयले ७९ प्रतिशत काम सम्पन्न गर्नु गौरवको कुरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए । गत आर्थिक वर्षमा मन्त्रालयले ५१ काम सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै १० वटा काम प्रगतिमा रहेको उल्लेख गरिएको छ । प्रगति भन्नाले कामको लागि बजेट गइसकेको तर काम सुरु नभएको अवस्था रहेको पनि डा. देवकोटाले बताए । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सुरु हुन नसकेको भक्तपुरमा वीर अस्पतालको भवन निर्माणको कामका पनि आवश्यक प्रयास भइरहेको बताइन् । उनका अनुसार भक्तपुरमा वीरको भवन निर्माणको काम चीन सरकारले बनाउने भनिएकोमा डिपिआर बनाएर भवन बनाउन सम्भव नभएको बताएकाले सरु हुन नसकेको हो ।

उनले भनिन् चीन सरकारले डिपिआर तयार गर्यो, तर अध्ययनपछि त्यहाँ भवन निर्माण गर्न सम्भव नभएको प्रतिवेदन दियो ।’सबै स्थानीय तहमा चिकित्सक पुर्याउन भौतिक संरचनाले गर्दा अड्केको चौधरीको भनाइ छ । उनका अनुसार भौतिक संरचना तयार नहँुदा यी काम गत वर्ष अधुरै रहेको हो । 

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण

 

 

Last modified on 2019-07-20 16:37:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts