शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण



Download our app to get more features

काठमाडौं, ४ साउन । त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । 

शुक्रबार डा.रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले ग्यास्ट्रोइन्टेस्टाइनल प्यानक्र्रियाज र कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका वरिष्ठ शल्य चिकित्सक डा. विवेक बिजको टोलीले सहयोग गरेको थियो ।

झन्डै एक महिना पहिले पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरेको त्रिवि अस्पतालले झन्डै ९ घन्टा लगाएर प्रत्यारोेपणको काम सम्पन्न गरेको थियो ।

४४ वर्षीय एक जना पुरुष बिरामीलाई उनका ज्वाइँ पर्ने २८ वर्षे युवकले कलेजो दान गरेका थिए ।
 

Last modified on 2019-07-20 16:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts