इबोलाका कारण कंगोमा एक हजार नौ सय ६५ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,८ भदौ । इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार नौ सय ६५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेपनि ८० जना नयाँ बिरामी भेटिएको समेत जनाएको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको र यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको बताए ।

डब्लुएचओले यस रोगसँग जुध्न ६ सय ७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।

Last modified on 2019-08-26 09:36:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts