तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमा मात्रै सीमित हुनुहुँदैन 


Download our app to get more features
Spark_health_home Birat Hospital

काठमाडौं, १६ भदौं । विश्व स्वास्थ्य संगठनको समन्वयन केन्द्रका रूपमा तिलगंगा आँखा प्रतिष्ठानले मान्यता पाइसकेको छ । यस अवस्थामा आगामी दिनमा प्रतिष्ठानले कसरी काम गर्छ ? भावी योजना के–के छन् ? समन्वयन केन्द्रका रूपमा गरिने कामका विषयमा प्रतिष्ठानको तयारीबारे हाम्रो डक्टरकी निशा शर्माले प्रतिष्ठानका उपनिर्देशक डा. रोहित सैंजूसँग गरेको कुराकानी ।

विश्व स्वास्थ्य संगठनको समन्वयन केन्द्रका रूपमा मान्यता पाएपछि तिलगंगाले अब कसरी काम गर्छ ?
हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो ।

vayoda

bp_ad

तिलगंगा विश्व स्वास्थ्य संगठनको समन्वयन केन्द्र बनेको छ । छिमेकी मुलुक भारत जुन हाम्रो देशभन्दा विज्ञान र प्रविधिमा धेरै अगाडि छ, त्यहाँका तीन अस्पताललाई डब्लुएचओले समन्वयन केन्द्र घोषणा गरेको छ । त्यसको तुलनामा यो निकै ठूलो उपलब्धि हो । डब्लुएचओले हामीलाई समन्वयन केन्द्र घोषणा गरेको होइन ।

हामीलाई मात्र तीनवटा विधामा समन्वयन केन्द्र घोषणा गरेको हो । हामी ती क्षेत्रमा काम गर्न तयार छौँ । 

कसरी हुन्छ डब्लुएचओ र प्रतिष्ठानको सहकार्य ?
डब्लुएचओले छनोट गरेका तीन विधामा प्रतिष्ठानको प्रत्यक्ष सहभागिता रहनेछ । डब्लुएचओले सेवा, जनशक्ति उत्पादन र अनुसन्धानका विधामा समन्वयन गर्ने घोषणा गरेको हो ।

पहिलो सेवा क्षेत्रमा रहेर डब्लुएचओले तिलगंगाको आँखा स्वास्थ्य सेवा विश्वभर लिन सक्छ । प्रतिष्ठानले जनशक्ति उत्पादनका लागि पनि समन्वयन केन्द्रको मान्यता पाएको छ ।

यसअन्तर्गत रहेर प्रतिष्ठानले डब्लुएचओले विभिन्न देशबाट जुनसुकै विधामा लामो वा छोटो समयका लागि तालिम तथा अध्ययनका लागि विज्ञहरू पठाएमा उनीहरूलाई त्यसै सेवा उपलब्ध गराउनुपर्छ । त्यसमा तीन–चार महिनादेखि फेलोसिपसम्मको क्षेत्र पर्छ । अर्काे रहेको छ अनुसन्धान ।

प्रतिष्ठानले गरिरहेको अनुसन्धानलाई डब्लुएचओले सहयोग गर्छ वा उनीहरूले अनुसन्धान गर्ने कुनै विषय दिएमा त्यसमा सहयोग गर्नुपर्छ । समन्वयन केन्द्रका रूपमा रहेर काम गर्न हामी तयार छौँ । अबका दिनमा डब्लुएचओको समन्वयन केन्द्रका रूपमा पनि काम गर्न तयार छौँ । 

प्रतिष्ठानको सेवा आगामी दिनमा कसरी अगाडि बढ्छ ?
प्रतिष्ठानले सेवाको स्तर बढाउँदै जान्छ । सेवाको गुणस्तरलाई गिर्न दिनुभएन । सेवा प्रवाहको गुणस्तरलाई अध्ययन गर्दै, गुणस्तरलाई मध्यनजर गर्दै अगाडि बढ्ने हो । 

नेपालमा आँखा स्वास्थ्यको अवस्था कस्तो छ ?
नेपालमा आँखा स्वास्थ्यसम्बन्धी सेवा सन्तोषजनक नै छ । अरू सेवाभन्दा यो राम्रो छ । यसलाई अझ विस्तृत बनाउन जरुरी छ । नेपालमा आँखाको मात्र सेवा दिने अस्पताल २२ वटा छन् । १० वर्षअघिको तुलनामा आँखासम्बन्धी उपचार सेवा निकै राम्रो छ । 

आँखा उपचारका चुनौती के–के हुन् ? 
आँखा संरचनात्मक जटिलता भएको अंग हो । यसको उपचार चुनौती धेरै छ । सही समयमा अस्पताल पुगेको अवस्थामा जस्तोसुकै चुनौती पनि समाधान हुनसक्ने हुन्छ । आँखाले सबै रोगको प्रतिनिधित्व गर्छ । मधुमेह, उच्च रक्तचाप, बाथरोग आँखाबाट पनि थाहा हुन्छ ।

जति छिटो अस्पताल आयो त्यति नै उपचार चुनौती कम हुने गर्छ । आँखा अत्यन्त संवेदनशील अंग पनि हो । यसको उपचारमा चुनौती आउँदै जाँदै गर्छन् । यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।
यो सेवालाई नेपाल सरकारको स्वास्थ्य सञ्जालभित्र पार्न प्रयास गर्दै छौँ ।

जबसम्म त्यहाँ पुग्दैन सबै मानिसको पहुँचमा आँखाको उपचार हँुदैन । सबै स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवालाई प्राथमिक स्वास्थ्यअन्तर्गत राख्न सके अझै राम्रो हुन्छ । मोतीबिन्दुबाट दृष्टि गुमाउने संख्या घट्दै छ । 

आँखाको कुन रोग बढी देखिएका छन् ?
विश्वभरकै कुरा गर्ने हो भने मोतियाबिन्दुबाट हुने अन्धोपना सबैभन्दा बढी छ । यसपछि उच्चचाप, जलबिन्दु रहेका छन् । त्यसपछि आधुनिक समाजमा आइरहेको डाइबेटिज, ब्लडप्रेसर छन् । यसैगरी जति मानिसको उमेर बढ्दै जान्छ आँखाको पर्दामा एक किसिमको रोग आउँछ ।

त्यो हो म्याकुलर डिजेनेरेसन, यसले पनि दृष्टिमा ह्रास ल्याउँछ । तैपनि पहिलो नम्बरमा २० वर्षपहिले पनि मोतीबिन्दु नै थियो, अहिले पनि त्यही छ । किनभने यो जीवनमा एकचोटि सबैको आँखामा हुने गर्छ । कसैलाई ६० वर्षमा सुरु हुन्छ भने कसैमा ८० वर्षमा हुन्छ । 

उपचारपछि परिणाम कस्तो छ ?
उपचारपछिको परिणाम राम्रो छ । अरू जटिलता नभएको अवस्थामा मोतियाबिन्दुले मात्र दृष्टि गुमेको छ भने दृष्टि फर्कने शतप्रतिशत ग्यारेन्टी दिन सकिन्छ । यस्तैगरी जलबिन्दुको पनि समयमा उपचार भयो भने एक थोपा औषधिले २४ घन्टासम्म आँखाको प्रेसरलाई कन्ट्रोल गर्न सक्छ । 

पाँच वर्षपछि नेपालको आँखा स्वास्थ्यको अवस्था कस्तो होला ?
योभन्दा धेरै राम्रो हुनेछ । थप चुनौती आउँछन् र अवश्य पनि अझै राम्रो हुनेछ । विश्वमा भित्रिएको नयाँ प्रविधि नेपालमा भित्र्याउन कुनै समय लाग्नेछैन ।

विश्वस्तरमा एउटा राम्रो सञ्जाल विस्तार भइसकेको छ । विश्वभर नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने जानकारी छ ।

जसले गर्दा पनि नयाँ प्रविधि नेपाल भित्र्याउन सहज हुनेछ । त्यसैले आगामी दिनमा आँखा उपचार सेवामा नेपाल तिलगंगा प्रतिष्ठानले फड्को मार्नेछ । अस्पतालले भर्खरै फेम्टो सेकेन्ड लेजर प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ । यो अस्पतालका बिरामीमाथि नै गरिएको हो । नयाँ बिरामी छिटै आउँछन् ।

अस्पतालको भावी योेजना कस्ता छन् ?
पहिलो योजना भनेको तिलगंगा आँखा अस्पतालको सेवा देशभर विस्तार गर्ने हो । काठमाडौंमा मात्र रहेर तिलगंगाले देशभर सेवा पुर्याउन कठिन छ ।

आवश्यक ठाउँमा सामुदायिक आँखा अस्पतालको अवधारणाबाट सेवा प्रवाह गर्ने योजना छ । आवश्यकताअनुसार देशभर सेवा प्रवाह गर्न तयार पनि छौँ । निजगढ र इटहरीमा अबको दुई वर्षभित्र आँखा अस्पताल खोल्ने सम्भाव्यता अध्ययन भइरहेको छ ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत उत्पादन भइरहेका इन्ट्राअकुलर लेन्सभन्दा अन्य प्रकारका लेन्सको माग बढी छ । यसका लागि अनुसन्धान भइरहेको छ । आफ्नै देशमा अत्याधुनिक लेन्स उत्पादन गर्न अध्ययन जारी छ । आँखासम्बन्धी अध्ययनमार्फत पनि हामीले आधारभूतदेखि फेलोसिपसम्मको कार्यक्रम सञ्चालन गरिरहेका छौँ । 

Last modified on 2019-09-04 06:10:40

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts