विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र बम विस्फोट, चिकित्सकको क्वार्टरमा क्षति



Download our app to get more features

धरान, २० भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र गएराति बम विस्फोट भएको छ । 

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेट नजिकै गएराती विष्फोट भएको प्रहरीले जनाएको छ ।

राती करिब साढे १२ बजेको समयमा भएको विष्फोटबाट स्कुलको फलामको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल समेत चर्किएको छ । 

यस्तै विस्फोटले प्रतिष्ठानका डाक्टरहरु बस्ने क्वाटरमा समेत क्षति पुगेको छ । चिकित्सक क्वार्टरको झ्यालका सिसाहरु फुटेका छन् ।

घटनामा संलग्नको खोजबिन भइरहेको र घटनाबारे अनुसन्धान पनि सुरु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Last modified on 2019-09-07 08:02:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts