प्रधानमन्त्री ओली मनमोहन कार्डियो सेन्टरमा, पर्मा क्याथ निकालिँदै



Download our app to get more features

काठमाडौं, २५ भदौ । सिंगापुरबाट उपचार गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टर गएका छन् । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर व्यवस्थापनका अनुसार फलोअप परीक्षण लागि पुगेका ओलीको स्वास्थ्य जाँच सुरू गरिएको छ । बिहान १० बजेसम्म फलोअप जाँच सकेर प्रधानमन्त्री फर्किने अस्पतालले जनाएको छ । 

यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको प्लाज्मा फेरेसिस सहित उपचार गरिएको थियो । सो क्रममा छालाभित्र राखिएको पर्मा क्याथ (डायलासिस वा प्लाज्मा फेरिसिस गर्दा राखिने एकप्रकारको यन्त्र) निकाल्न लागिएको हो । 

उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएका प्रधानमन्त्रीको सिंगापुरमा सात पटक प्लाज्माफेरेसिस गरिएको थियो ।

Last modified on 2019-09-11 15:42:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts