हिमाली जिल्ला मनाङसहित ५६ जिल्लामा डेंगुको संक्रमण, वैशाखयता ८ हजारभन्दा बढीमा संक्रमण

एउटै अस्पतालमा  एकैदिन ६ सयको हाराहारी डेंगु परीक्षण



Download our app to get more features

काठमाडौं, २५  भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिमाली जिल्ला मनाङमा पनि डेंगुको संक्रमण देखिएको छ । पछिल्लो समय भयावह बन्दै गएको डेंगुको प्रकोप ५६ जिल्लामा फैलिसकेको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्म ५ हजार ९५ जनामा डेंगु संक्रमण भएको पाइएको छ । तर २०७६ साल वैशाखयता ८ हजार भन्दा धेरमा  संक्रमण फैलिएको पाइएको छ । 

म्हाशाखाको तथ्यांक अनुसार यस आर्थिक वर्षकको साउन १ देखि भदौ २४सम्म प्रदेश नं. ३ मा डेंगु संक्रमणका बिरामी भेटिएका छन् ।  प्रदेश नं. ३ मा डेंगुको संक्रमण ३ हजार १ सय २६ जनामा देखिएको हो । त्यस्तै गरी प्रदेश नं. २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं. ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेंगुको संक्रमण फैलिएको छ । 
डेंगुको संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्यू भईसकेको पनि महाशाखाले जनाएको छ । 

तर यता प्रदेश नं. १ मा भने साउनयता ८ सय ३१ जना  बिरामी थपिएका छन् । बैशाखबाट सुरु भएको डेंगुको संक्रमण यस प्रदेश पहिले देखिएको थियो । साउन अगाडि यस प्रदेशमा डेंगुबाट प्रभावित हुनेको संख्या सबैभन्दा बढी थियो । 


एउटै अस्पतालमा  एकैदिन ६ सयको हाराहारी डेंगु परीक्षण
त्यस्तै यता शहिद शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार मात्र डेंगुको परीक्षण गराउनेको संख्या ५ सय ४६ पुगेको छ । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार ती मध्ये २ सय २५ जनामा डेंगुको संक्रमण देखिएको छ । 

अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार दिनदिनै डेंगुका बिरामी बढ्दै गएका छन् । अहिले देशैभर डेंगु फैलिएको छ । गत बैशाखबाट डेंगुको संक्रमण देखिन थालेको भएपनि अहिलेसम्म नियन्त्रण आउन सकेको छैन् । चिकित्सकका अनुसार डेंगुको आतंक अझै केहि समय रहने देखिएको छ । 

संकटकाल घोषणा गर्न माग 
बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रणको प्रयास गर्नु पर्ने बताएका छन् ।
अधिकारीले डेंगु सुरु हुँदा नियन्त्रणको प्रयास प्रभावकारी नभएकै कारण अहिले भयावह रुप लिएको बताएका छन् । उनले भने राष्ट्रिय इमरजेन्सीको रुपमा लिन सक्दैनौं भने यसले महामारीको रुप लिन्छ,’ ।

साथै उनले डेंगु परीक्षण निशुल्क हुनुपर्ने माग राखेका छन् । उनले मन्त्री देखि डाक्टरसम्मलाई डेंगुको संक्रमण हुदाँ सरकार चुपलागेर बसेको आरोप पनि लगाएका छन् । 


 

Last modified on 2019-09-11 19:44:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts