जिल्ला अस्पताल अछामलाई फोटोथेरापी मेसिन हस्तान्तरण



Download our app to get more features

अछाम, २५ भदौ । अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सन्तोष उपाध्यायको पहलमा नवजात शिशुको जन्डिस उपचार अछाममै सम्भव भएको छ । उनले लायन्स क्लब अफ काठमाडौं डक्टर्स नेपाल र लायन्स क्लब अफ काठमाडौं सामाखुशीको समान्वयमा जिल्ला अस्पताल अछामलाई फोटोथेरपी मेसिन उपलब्ध गराएका हुन् । यसअघि प्रदेश ७ को ९ जिल्ला मध्ये कैलालीमा मात्रै फोटोथेरापी मेसिनी थियो । नवजात शिशुमा जन्डिस देखिए प्रदेश ७ का सबै शिशुलाई कैलाली लैजानुको विकल्प थिए । 


वान डे हेल्थ, युएसए नामक संस्थाले जम्मा ८ वटा फोटोथेरपी मेसिन नेपाललाई उपलब्ध गराएको थियो । मेसिन हस्तान्तरण मंगलसेनस्थित जिल्ला अस्पातलको भवन परिसरमा भएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका मेसु मनोज बिष्ट, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहोरा, प्रमुख जिल्ला अधिकृत भोजराज श्रेष्ठ, चिकित्सकद्वय डा. अतुल भारद्वाज, डा कमल साउद्, लगायतको उपस्थिति थियो । 


अछाममा दुई वटा अस्पताल छन् । अछाम जिल्ला अस्पताल र बयलपटा अस्पताल । यसबाहेक दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भएका स्वास्थ्य संस्थामा पर्याप्त श्रोत साधन नहुँदा समान्य रोगको उपचार गर्न पनि बाहिरी जिल्लामा रेफर गर्नु पर्ने बध्यता छ । जसमध्ये नवजात शिशुहरुमा हुने जन्डिसको उपचार पनि एक हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts