मलेसिया जाने कामदारका लागि स्वास्थ्य संस्था थप गर्न मलेसिया तयार



Download our app to get more features

काठमाडौं, २५ भदौ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्था थप गर्न मलेसिया तयार भएको छ ।

झन्डै १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन दुई देशबीचका श्रम अधिकारीहरुको बुधबार बसेको बैठकमा मलेसिया स्वास्थ्य संस्था थप्ने विषयमा सकारात्मक भएको हो ।

नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्र अनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ । बिहिबार बस्ने बैठकमा सो विषयको टुंगो लाग्नेछ । 

नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो । नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो ।

मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको लागि रोजगारी पनि खुल्नेछ । 
 

Last modified on 2019-09-12 08:10:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts