औषधि निर्माणदेखि बिक्रिवितरणसम्म फर्मासिस्टको आवश्यक्ता किन ? फर्मासिस्ट विमलेन्द्र श्रेष्ठलाई तीन प्रश्न



Download our app to get more features

हरेक वर्षको २५ सेप्टेम्वरमा विश्व फार्मासिस्ट दिवस मनाइछ । जसअनुसार बुधवारपनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । यो वर्षको नारा सबैका लागि सुरक्षित र प्रभावकारी औषधि भन्ने रहेको छ । यसवर्ष पनि नेपाल लगायत विभिन्न देशमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो । यस दिवसको अवसर ब्लु क्रस अस्पतालमा कार्यरत फर्मासिस्ट विमेलेन्द्र श्रेष्ठसँग औषधि बिक्रिवितरणमा फर्मासिस्टको आवश्यक्ता किन भनेर प्रश्न गरेका छौं ।  

औषधि बिक्रि वितरणमा फार्मेसिस्टको आवश्यकता किन ? 
औषधि जस्तो कुरामा जो कोहीलाई जिम्मेवारी दिनु जोखिम हुन्छ । फार्मासिस्ट भनेका यो समम्बन्धि पूर्णज्ञान भएका जनशक्ति हुन् । औषधिको कारोबार जस्तो क्षेत्रमा विषयगत सीप भएको मानिस नै चाहिन्छ । कतिपय डाक्टरहरुले लेखेको सिफारिस पनि नबुझिने हुन्छ । फार्मासिस्टले नै बुझ्न गार्हाे हुन्छ त्यसबेला अनुभवको झन् आवश्यकता पर्छ । फर्मासिस्ट बाहेकले औषधिको बिक्रिवितरण गरेमा कतिपय अवस्था गलत औषधि समेत जानसक्छ । त्यस्तो अवस्थालाई रोक्न र औषधिको दुरुपयोग हुनबाट रोक्न औषधिको बिक्रिवितरणमा फार्मासिस्टको आवश्यकता पर्छ । 
 

फार्मासिस्टका काम केके हुन् ?
फार्मासिस्टका आवश्यकता औषधि बन्नेदेखि लिएर औषधिको डिजाइन र बिक्रिमा समेत आवश्यकता पर्छ । यसबाट फार्मासिस्ट औषधि बिक्रि वितरणमा मात्र सिमित हुँदैनन् भन्ने बुझ्नुपर्छ । बजारमा रहेको गलत औषधिको बिगबिगी रोक्न पनि फार्मासिस्टको आवश्यकता पर्छ । नेपाल जस्तो देशमा त झन गुणस्तरहीन औषधिको पनि बिगबिगी छ । यसलाई फार्मासिस्टले नै नियन्त्रण गर्नसक्छन् । साथै, औषधिको भण्डारण, प्याकेजिङ तथा डक्टर र बिरामीबीचको सम्बन्ध बनाइरहन पनि फामासिस्टको महत्वपूर्ण भुमिका रहन्छ ।  
 

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? 
सबैभन्दा पहिले त आफुले कुन औषधि सेवन गरिरहेको हो वा के औषधि सेवन गर्न लागेको हो त्यसको बारेमा जानकारी हुनुपर्छ । औषधि सेवन गर्नुपूर्व डाक्टरबाट सल्लाह नै लिनुपर्छ । औषधिको साइडइफेक्ट छ की छैन बुझ्नुपर्छ । डाक्टरले लेखिदिएका सबै औषधि खानै पर्ने भन्ने हँुदैन यो कुरा बुझ्नुपर्छ । खानै पर्ने भएमा मात्र खानुपर्छ । तर पनि दुईतीन जना विशेषज्ञबाट सुझाव लिएर खाए राम्रो । कतिपयले औषधि नियमित खाने गरेको पाइँदैन् । यस्तो गर्नु हुँदैन । फर्मासिस्ट लगायत औषधि विशेषज्ञहरुको सल्लाह बमोजिम औषधि खाए यसको साइड इफेक्ट कम हुने र प्रभावकारी हुने हुन्छ । 

Last modified on 2019-09-26 17:43:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts