मन्त्रिपरिषद् हेरफेर: स्वास्थ्यमा भानुभक्त ढकाल, उपेन्द्रलाई कानून



Download our app to get more features

काठमाडौं, ४ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी भानुभक्त ढकालले सम्हाल्ने भएका छन् । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेसँगै ढकाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरिएको छ ।

यसअघि स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी नवराज रावतलाई दिइएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई सरकारमा समावेश गरिएको छैन ।

Last modified on 2019-11-21 10:27:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts