पिनासले सतायो ? अपनाउनुहोस् यी घरेलु उपाय



Download our app to get more features

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।

यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) हुन् । यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस पनि भनिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ ।

हामीलाई जब रूघा खोकी लागेर एलर्जी हुन्छ साइनसमा सिगान भरिन्छ र सुन्निन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन् ।

पिनासको कारण
साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् । कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ ।

चुरोटको धुँवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ । सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ ।

पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन् । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ । लगायतार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ ।

लक्षणहरु
पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ ।

नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुँघ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ ।

टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् ।

पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ । एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ ।

जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।

पिनासको उपचार
पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधि सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ ।

पिनास भएका मानिसले सकेसम्म चिसो खानेकुरा खानु हुँदैन भने धुलोधुवा र प्रदूषण्बाट पनि जोगिनुपर्छ । पिनास भएका मानिसले सकेसम्म चिसो खानेकुरा खानु हुँदैन भने धुलोधुवा र प्रदूषण्बाट पनि जोगिनुपर्छ । साथै पिनास भएको थाहा भएपछि एक लिटर पानीमा आधा चम्चा टिम्मुर र एक चम्चा ज्वानो राखेर वाफ लिनु उत्तम हुन्छ । वाफ लिएको आधा घण्टापछि गाईको घ्यू पघालेर ३ ३ थोपा नाकमा राख्ने । प्राणायाम, अनुलोम विलोम, नाडी सुद्धि जस्ता योग सिकेर मात्रै गर्दा पनि यसले राहत दिन्छ ।

Last modified on 2019-11-24 08:24:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts