उपल्लो डोल्पाबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्दार



Download our app to get more features

डोल्पा, ६ मंसिर । डोल्पामा एक गर्भवतीको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्दार गरिएको हो । 

सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट विहिबार उद्दार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको हो । तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्दार कोषबाट उनको उद्दार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्दार गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts