मद्यपान नगर्नेमा प्रदेश नं.२ अगाडि, कुन प्रदेशमा कति प्रतिशतले गर्छन् मद्यपान

जीवनमा कहिले मद्यपान सेवन नगर्नेको प्रतिशत ७२.२



Download our app to get more features

काठमाडौं, ६ मंसिर । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको स्टेप सर्वेले नेपालमा जीवनमा कहिले मद्यपान सेवन नगर्नेको प्रतिशत ७२.२ रहेको देखाएको छ । 

नेपालमा नसर्ने रोगको जोखिम तत्वको सर्वेक्षण स्टेप्स सर्वे फेब्रअरी देखि मे २०१९ सम्म परिषद्ले गरेको थियो ।  यो सर्वेक्षण १५ देखि ६९ वर्ष उमेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित रहेको छ ।

परिषदले सातैवटा प्रदेशमा गरेको सर्वेक्षण अनुसार सबैभन्दा बढि मद्यपान प्रदेश नं ३ का मानिसले गर्ने गरेको पाइएको छ ।प्रदेश तीनमा ३३.२ प्रतिशतले मद्यपान गरेको सर्वेले देखाएको छ ।  त्यस्तै गरी सबैभन्दा कम प्रदेश नं. २ मा ११.५ प्रतिशत रहेको छ । सर्वेको क्रममा विगत १२ महिना भित्रमा मद्यपान सेवन गरेकोलाई आधार बनाइएको छ । यस आधारमा प्रदेश १ मा २५.२, गण्डकी प्रदेशमा २९.२, प्रदेश ५ मा २०.७, कर्णाली प्रदेशमा २३ र सुदुरपश्चिम प्रदेशमा ३१.७ प्रतिशतले मद्यपान गर्ने गरेको पाइएको छ । 

कुन प्रदेशमा कतिले गर्दैनन् मद्यपान
सर्वेक्षणले कुन प्रदेशका कति प्रतिशत मद्यपान गर्दैनन् भन्ने पनि तथ्याक देखाएको छ । जसअनुसार प्रदेश नं. १मा जीवनमा कहिल्यै मद्यमान सेवन नगर्नेको प्रतिशत ६९.६ प्रतिशत रहेको छ । प्रदेश नं. २ मा ८६.२ प्रतिशत, प्रदेश नं.३ मा ६३.७ प्रतिशत, गण्डकी प्रदेशमा ६६.६ प्रतिशत, प्रदेश नं.५मा ७४.५ प्रतिशत, कर्णाली प्रदेशमा ७२.१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ६४.४ प्रतिशतले मद्यपान गर्दैनन् । 

त्यस्तै नेपालका ५६ प्रतिशत पुरुषले जीवनमा कहिल्यै मद्यपान सेवन गर्दैन् । मद्यपान नगर्ने महिलाको प्रतिशत पनि ८६.५ रहेको छ । 
परिषद  स्टेप्स सर्वे हरेक ५र५ वर्षमा गर्दै आएको छ । यो भन्दा अगाडि परिषद्ले सन् २०१३ मा पनि सर्वे गरेको थियो । सन् २०२४ मा पनि पून स्टेप्स सर्वे गर्ने योजना रहेको परिषदले जनाएको छ । 

Last modified on 2019-11-24 08:26:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts