राष्ट्रिय योग दिवस

के हो योग विज्ञान ? किन अत्यावश्यक छ योग ?



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

मानिसहरुले नबुझिकन योगलाइ योगा भनेपनि  योग योगा नभइ योग नै  हो । योग आशनमात्र नभइ समाधीसम्मको अबस्था र प्रकृया हो । यो हाम्रै भूखण्ड, हिमालयमा विकास भएको मौलिक जीवन विज्ञान हो । हजारौ बर्ष लामो इतिहास बोकेको योगको अर्थ पद्धति र विधाहरु अनेकौ छन् । योगलाइ व्यक्तिको रुचिस्तर, सामथ्र्य, संस्कार अनुरुप अपनाई यसलाइ मानवीय चेतनाको शिखरमा पु¥र्याउन सकिन्छ । 

योग भनेको शारीरिक मानसिक र आध्यात्मिक रुपमा जीवन जिउने संस्कृती र कला हो । योगले मानिसको चेतनालाई समग्र चेतनासँग जोड्ने काम गर्दछ । योगबाट नै समाधी या मोक्ष प्राप्त गर्न सकिन्छ । योग मानब जीवनको अनिवार्य आवश्यकता भइसकेको छ । योग स्वास्थ्य, शान्ति र आनन्दपुर्ण जिन्दगीको मुल स्रोत हो । धन सम्पति पदले नदिने जीवनको सुख शान्ति केवल योगले नै दिन्छ । त्यतिमात्र नभएर आफैसंगको मेल, ईश्वरियताको महसुस र शुन्यतामा लीन भई वास्तविक मुक्तिको लागि योग गर्नुपर्दछ । 

vayoda

Hamro Doctor Apps2

योग
योग संस्कृत शब्द हो । यसको प्रथम पटक प्रयोग ऋगवेदमा भएको मानिन्छ । योग हिन्दुहरुको ६ वटा दर्शनहरु मध्येको एक महत्वपुर्ण दर्शन पनि हो । योग अति प्राचिनतम गन्थ्र पनि हो ,यसको उत्पती करिब १० हजार बर्ष पहिले भएको मानिन्छ । योग कुनै एक ऋषि,योगी वा सन्तको योगदान नभएर धेरै ऋषि,योगी वा सन्तहरुको योगदान हो । योगको उत्पती सिन्धुघाटी सभ्यातामा तथा हिमवत खण्डमा भएको हो । 

योगको अर्थ हो सत्यसँगको जोड । सत्यसँग जोडिनु त्यति सहज छैन । सत्य अति सुक्ष्म र दिव्य छ । सत्यको आचरणबिना सत्यको अनुभूति गर्न सकिँदैन । त्यसैको लागि योग साधनाको आवश्यकता छ । योग मानव शक्तिलाइ सन्तुलित तरिकाबाट सुधार्ने तथा विकसित गर्ने एक अनुशासन हो । यसले आत्म साक्षात्कार गर्ने मार्ग प्रदान गर्दछ ।  

संस्कृत शब्द योग युज् धातुबाट बनेको, योगको सामान्य अर्थ जोड्नु हो । निम्न तत्वहरुसँगको मेललाइ योग भनिन्छ । 
– शरीरसँग स्वास्थ्य   – मनसँग एकाग्रता र धारणा  – आत्मासँग आनन्द वा परमात्मा जोड्नु योग हो ।

युज धातुलाइ स्पस्ट पार्न अन्य तीन अर्थहरु – 
१.संयमलाइ योग भनिन्छ– मन, इन्द्रिय चित्तवृत्तिहरुको संयम गर्नु योग हो ।
२.समाधीको स्थितिमा पुग्ने पुरुषार्थ पनि योग हो ।
३ आत्मा परमात्माको मिलन योग हो ।

अध्यात्मिक साधनाको क्षेत्रः 
योग आत्मसाक्षात्कार र आत्माविकासको साधना हो । जतिपनि ग्रन्थ आप्तवचन र आर्य साहित्य जन्मिए सबै समाधीस्थ अवस्थाबाट जन्मिएका हुन । योग साधनामा हठयोग लगायत ज्ञानयोग ध्यानयोग, कर्मयोग, भक्तियोग, क्रियायोग, मन्त्रयोग नादयोग प्रयुक्त छन् । साधकको दुषित कर्मबाट रुपान्तरण गरी सत्वगुणीतर्फ आत्मिक स्तर उठाई व्यक्तिलाइ समाज रुपान्तरणको संवाहक बनाउछ । योग पुर्ण वैज्ञानिक र पुर्ण व्यवहारिक अवधारणा हो । कतै नभएको समस्याको समाधान, निको नभएको रोगोपचार र निराशाको शमन योगले गर्दछ ।

योग वैज्ञानिक कोणबाट
योग क्रियाहरुलाइ वैज्ञानिक शोध, मापन, परीक्षण र अध्ययन गर्न सकिन्छ ।
योगाभ्याँसबाट हुने लाभलाइ, परिर्वतनलाइ प्रयोगशालामा परीक्षण गर्न सकिन्छ ।
चिकीत्सा पद्दतीको रुपमा योग क्रियाको प्रभावलाई औषधि इन्जेक्सन र अप्रेशन जस्तै अनुभव गर्न सकिन्छ ।
योगको प्रभाव ढिलो तर दीर्घकालिन हुन्छ । जसरी आधुनिक चिकीत्साको सुरुवात विभिन्न वैज्ञानिकहरुले प्रयोग, खोजबाट आविष्कार गरे त्यस्तै सुक्ष्मदर्षि ,महर्षिहरुले प्रयोग र प्रयासबाट आविष्कार गरे ।
आधुनिक स्वास्थ्य चिकीत्सा पद्दतिलाई वैज्ञानिकरुपमा प्रमाणित गर्ने विविध ग्रन्थ भए जस्तै योग विज्ञानलाइ प्रमाणित गर्ने हजारौँ ग्रन्थहरु छन ।
मनन गर्नुपर्ने कुरा के छ भने जहाँ आधुनिक चिकीत्साको पहुँच र प्रभाव समाप्त हुन्छ योगको पहुँच त्यो भन्दा धेरै टाढासम्म हुने गर्दछ ।

व्यवहारिक अर्थ
वस्तु तथा जीव सबैको सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छन । जसलाइ पतञ्जलीले क्रमशः शुक्लपक्ष र कृष्णपक्ष भनेको छन । एउटा अस्तित्वमा दुई पाटा हुनु प्राकृतिक कुरा हो । जुन कुराले नकारात्मक पाटोलाई घटाउँदै सकारात्मक पाटोलाइ बढाउँदै सकारात्मकताको शिखरमा पुग्न अवलम्बन गरिने व्यवहारीक साधना नै योग हो ।
योगले शरीरभित्रको मलविकारहरु नष्ट गर्दछ । शरीर मल विकारले रहित शुद्ध र स्थिर नभएसम्म इन्द्रिय र मन एकाग्र हुदैन ।
हठयोग अन्तर्गतका शुद्धिक्रियाहरु वस्ती, नौली , धौती, नेती, त्राटक कपालभाती योगका शारीरिक क्रियाहरु हुन् । महर्षी पतञ्जलीद्धारा निर्दिष्ट यम नियम आन्तरिक शुद्धिकरणका साधनहरु हुन् । शरीरको आन्तरिक र बाह्य शुद्धि भएपछि आसन, प्राणायामद्धारा शरीरमा स्थिरता दृढता र उध्र्वगामिता आउन थाल्छ ।
जव व्यक्तिको शरीर शुद्ध र प्राण उध्र्वगामिता हुन्छ, मनमा पनि एकाग्रता बढी कर्महरु उन्नत र योगनिष्ठ हन्छन ।
योगको शास्त्र सम्मत परिभाषा 
जीवात्मा र परमात्मा बिचको मेल नै यो हो । योगशाास्त्र 
योगश्चित्तवृत्तिनिरोध । पातञ्जल योगसुत्र (१।२) अर्थात् चञ्चल चित्तका वृत्तिहरु बिचार कल्पना,सपना र अहंकारबाट मुक्त हुनुलाई नै योग भनिन्छ । 
योग कर्मशु कौशलम् अर्थात कर्ममा कौशलता र कर्मबन्धन रहित कार्य गर्नु नै योग हो ।
समत्व योग उच्यते । गीताको (२।४८) अर्थात् सुख दुख, लाभ हानी, सफलता असफलतामा तटस्थ रही समत्व दृष्टि राख्नु नै योग हो ।
मन ः प्रश्मनोकपायो योेगइत्यभिधीयते । प्रश्नोपनिषद् अर्थात् मनलाइ प्रशमन गर्ने उपायलाइ योग भनिन्छ ।
तपस्विभ्योकधिको योगी ज्ञानिभ्योकपि मनो कधिक
कर्मिभ्यश्चाधिको योगी तस्माद योगी भवार्जुन ः।। 
कर्मकाण्डीको स्थिती भन्दा माथिको अबस्था तपस्वीको हुन्छ, तवस्वीको भन्दा ज्ञानीको अनि ज्ञानीको भन्दा माथि अवस्था योगीको हुन्छ । अतः योगी नै बन अर्जुन ।
योग सबन्धि सबैक्रा बुझेपछि गरिने निरन्तर प्रयत्न नै अभ्यास हो ।
योगस्थस्कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय १
सिद्ध्यसिद्ध्योस्समो भूत्वा समत्वं योग उच्यते! (भगवद्गीता)  

Yoga means renouncing attachments & staying even minded in success or failure.Evenness is verily Yoga

 

तां योगमिति मन्यन्ते स्थिरामिन्द्रीयधारणाम् ! (कठोपनिषत् )
Yoga is the state in which all our indriyas are beheld steadily i.e.,a state of mastery over senses and mind.

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला !
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि !! (भगवद्गीता 2-53)

When your mind will remain stable even after hearing confusing and conflicting statements,then you will attain the state of Yoga- samadhi.Yoga is a state of great steadiness at emotional level, balance of concentration and detachment at mental level and homeostasis at body level.

योगनिष्ठ व्यक्तिले भौतिक र अध्यात्मिक दुबै क्षैत्रमा सफलता हासिल गर्दै जान्छ ।
योगनिष्ठ व्यक्तिमा भौतिक सफलता हेतु आत्मविश्वास धैर्य, मनोबल, विवेकबुद्धि तथा अध्यात्मिक प्रगतिको लागि आवश्यक संकल्पशक्ति, धारणा शक्ति र मानसिक स्थिरताको विकास गर्छ ।

योग गर्नु अगाडिको तयारीहरु 
मानसिकताः योगप्रति  सकारात्मक आस्था, श्रद्धा हुनु जरुरी छ । योग सुरु गर्दा मन्त्र उच्चारण गर्ने । 
उचित समयः बिहान ब्रह्ममुहुर्त, खाली पेट शौच क्रिया समाप्ती पछि ।
स्थानः शान्त ,एकान्त ,हावाको आवतजावत भएको खुल्ला स्थानमा राडी वा म्याटको प्रयोग सहित ।
पहिरनः खुकुलो कपडा, सुतीको कपडा ,हातगोडाबाट सिक्री माला घडी निकालेको अबस्था ।
पानी या कफीः योगाभ्यास गर्नुभन्दा  १५ मिनेट अघि या पछि मात्र पिउने ।
नुहाउने कुराः अभ्यास अघि नुहाउदा राम्रो
श्वासप्रश्वासः योगको हरेक अभ्यासमा  उज्जायी वा सामान्य श्वासप्रश्वासमा ध्यान दिनुपर्छ । छाती तन्क्दिा पछाडी फर्किदा श्वास लिने गर्नुपर्छ भने निहुरिदा छाती खुम्चदा श्वास फाल्नु पर्छ ।
विश्रामः हरेक २,३ वटा आसनपछि विश्राम लिनु स्वस्थकर हुन्छ । ६० मिनेटको योगाभ्यासको अन्तमा १० मिनेट योगनिन्द्रा गर्ने ।
स्वक्षमताः आफ्नो मनोशारिरीक क्षमताअनुसार योग गर्नु राम्रो हुन्छ ।
सजगताः होसपुर्वक गरीएको योगाभ्यास स्थायी र लाभप्रद हुन्छ । श्वासमा सजकता 
हरपल सजग रहौ, मनैदेखि डुबेर गरौ । योगासन मौन रहेर गरौ ।
मल मुत्र वेग ः यदि योगाभ्यासको क्रममा मलमुत्र आए गरिहाल्नु पर्छ ।
मोवाइलः सकेसम्म मोवाइल स्विचअफ गर्ने ।
समयावधि ः योगअभ्यास घटिमा ३० मिनेट गर्ने ।
रोगावस्था ः असक्त अवस्थामा योग नगर्ने । महिनावरी भएको बेला ध्यान मात्र गर्ने वा सरल योग गर्ने ।
नियमित र निरन्तरताः प्रतिदिन  योगअभ्यास गर्ने
खाली पेटः ठोस खाना खाएको ३ घण्टापछि गर्ने ।
थकावट र निन्द्राः यस्तो अवस्थामा योग नगर्ने ।
ब्रत या कल्प साधनाः यस्तो अवस्थामा कठिन साधना नगर्ने ।
विज्ञ, जान्ने बुझ्नेसंग सम्पर्क राख्ने । आफुखुसी नगर्ने । यसको कुनै साइड इफेक्ट हुदैन तर लामो समयसम्म जथाभावी ढंगले गर्दा हानी अवश्य हुन्छ ।

योगको संक्षिप्त इतिहास
योगको यतिहास याथार्थ रुपमा कहिले भयो भनेर सकिन्न । योगको उत्पत्ती १०००० वर्ष वा सो भन्दा बढि समयको हामीसंग कुनै प्रमाण छैन । तर पनि हामीसंग विगत ५००० बर्षदेखिको लिखित इतिहास भएको कारण योग ५००० बर्ष पहिले भएको मानिन्छ ।  योग विकासमा धेरै ऋषिहरु योगीहरु, सन्तहरु, तपस्वीहरुको योगदान रहेको छ । 

भगवान शीवलाइ आदियोगी तथा योगको प्रवर्तक मानिन्छ । उनी नै योगका प्रथम अभ्यासी र योग गुरु हुन । शीवले योगको महान ज्ञान हिमालयको कान्ति सरोबरमा सप्त ऋषिहरुलाइ दिएका थिए । ती सप्त ऋषिहरु योग ज्ञान लिएर पृथ्वीको सबैकुनामा योग प्रचारका लागि गएका थिए । तीमध्ये केहि भारतबर्षको सिन्धुघाटी सभ्यतामा पुगे र त्यहिबाट यसको प्रचार गर्न थाले ।
योगको जन्म सिन्धुघाटी सभ्यतामा  ९क्ष्लमगक खबििभथ ऋष्खष्ष्शिबतष्यल ० भएको हो । आशन, शरीरका विभिन्न मुद्राहरु त्यहाँ उत्खनन गर्दा भेटिएका पुराना सिक्का माटोका भाडाहरु, अभिलेख, ताम्रपत्रमा देख्न पाइन्छ ।

योग विकासको इतिहास कालक्रम  
पुर्ववैदिक काल ः योग विकास आजभन्दा ५००० बर्ष पहिले भएको साबित भइसकेको छ  ।
बैदिक काल ः त्यस समयमा संसारिक जीवनबाट मुक्ति र एकाग्रता पाउन योग अभ्यास गरिन्थ्यो । 
उपनिषद् कालः  महाभारत, भगवत गीताः यो समयमा प्राणायाम ,मुद्रा बन्ध ,क्रिया सबन्धी योग अभ्यास नभई योग एक अनुशासित, सभ्य जीवनशैली बन्यो । 
शास्त्रीय अवधि ः यस समयमा महर्षि पतञ्जलीको उदय भयो । योग सुत्रको विकास भयो । 
पोष्ट शास्त्रिय अवधिः यो युगमा पतन्जलीको अनुयायीहरुबाट षट्कर्म र हठयोगको ज्यादा अभ्यास गरे । यो कालखण्डलाइ हठयोगको कालखण्ड मानिन्छ । 
आधुनिक काल ःस्वामी विवेकानन्दले अमेरिकाको सिनेटमा अध्यात्म र योगबारे भाषण दिएर संसारसामु योग परिचित गराएका थिए । महर्षि महेश योगी, परहंस योगानन्द ,रमण महर्षी,स्वामी कृष्णमचार्य,आइआंर,पट्टभी जोइस,शिवानन्द सरस्वती,सत्यानन्द सरस्वती ,आशो रजनिश, रामदेव जस्ता विख्यात योगीले संसारको प्रभावित गरेका थिए र गर्दैछन ।
 

Last modified on 2020-01-17 15:42:05

Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts