शहीद सप्ताहमा शहीद मेमोरियल अस्पतालको स्वास्थ्य शिविर, ७ सयजना लाभान्वित



Download our app to get more features

काठमाडौं, १८ माघ । कलंकीमा रहेका शहीद मेमोरियल अस्पतालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट ७ सयजना लाभान्वित भएका छन् । 

अस्पताल प्रांगणमा शनिवार आयोजित शिविरमा सामान्यदेखि जटिल खालका परीक्षण र उपचारसमेत गरिएको अस्पतालका निर्देशक हाडजोर्नी रोग विशेषज्ञ डा. दीपक श्रेष्ठले जानकारी दिए । 
शिविरमा हाडजोर्नी, मुटु, पिसाब सम्बन्धी, पेटरोग, नाक, कान, घाँटी, आँखा, छाला, मानसिक र प्रसूतिसम्बन्धी जाँचहरु पनि गरिएको थियो ।

शिविरमा आएका बिरामीले जाँचका साथै निःशुल्क औषधि पनि पाएको भन्दै निर्देशक डा. श्रेष्ठले व्यवस्थित शिविर गरिएको दावी गरे । परीक्षण र उपचारमा डा. श्रेष्ठको अलावा डा. शैलेन्द्र केडी लगायत १० जना चिकित्सक र स्वास्थ्यकर्मी सहभागी भएका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts