अपडेट

बेलायतमा आजदेखि लकडाउनमा छुट, यस्तो छ विश्वका केही गतिविधि


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसका कारण विश्कै दोस्रो प्रभावित मुलुक बेलायतमा आजदेखि बन्दाबन्दीको स्वरुप परिवर्तन भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज बेलायतमा जारी बन्दाबन्दीलाई लिएर आगामी दिनको स्वरुपको बारेमा घोषणा गर्ने गरेका छन् । बेलायतमा नयाँ सावधानी प्रणाली अनुसार कोरोना भाइरसलाई पत्ता लगाइने, घरमा बसेर काम गर्न नसक्नेलाई काममा फर्काउन प्रोत्साहन गरिने, बुधवारदेखि मानिसहरु पार्कमा जान सक्ने लगायतका विषयमा जारी बन्दाबन्दीमा छुट दिइने लगायतको कुरा समेटिएको छ ।

चीनको वुहानमा एक महिनापछि कोरोना भाइरसको संक्रमण फेरि देखा परेको छ । चीनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको वुहानमा झन्डै डेढ महिनापछि ८९ वर्षका एक जना व्यक्तिमा लक्षण बिनैको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । चीनमा हालसम्म कोरो नाका हालसम्म ८३ हजार ९ सय ९४ संक्रमित भएका थिए भने ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । वुहानको सबै कोरोना संक्रमित स्वस्थ भइसकेका छन् ।

vayoda

Hamro Doctor Apps2

इरानमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेपछि देशैभर बन्दाबन्दी गरिएको छ । इरान सरकारले मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या एक हजारका दरले बढ्न थालेपछि हटाइएको बन्दाबन्दीलाई फेरि जारी गरको हो । इरानमा हालसम्म कोरोनाका कारण ६ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । अमेरिकी सरकारले जारी गरेको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोनाका कारण ८० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने १३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । यसैबीच कोरोनाको केन्द्रबिन्दु बनेको अमेरिकाको न्यूयोर्क राज्यमा नर्सिङ होमहरुमा भर्ना भएका बिरामीहरुको उपचारका लागि नयाँ नियम जारी गरिएको छ । 

जÞाम्बियामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउनमा यौनकर्मीहरुले सहयोग गरिरहेका छन् । जाम्बीयाको सीमासँग जोडिएको नाकोन्डेमा भाइरस ट्रेसिंगको काममा त्यहाँका यौनकर्मीहरुले सहयोग गरिरहेका छन् । कोरोना भाइरस पत्ता लगाउनमा मद्दत गरिरहेको भन्दै जाम्बियाका स्वास्थ्य मन्त्री डा शितालु शिलुफ्याले प्रशंसा गरेका छन् । पछिल्लो केहीदिनदेखि जाम्बियाको उत्तरी क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । जसमा प्रायःजसो यौनकर्मी र ट्रक चालक छन् । जाम्बियामा हालसम्म कोरोना भाइरसका कारण २७ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुक भारत कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । भारतमा दिनकै एक हजारभन्दा बढी नयाँ संक्रमितहरु फेला पर्न थालेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या ६२ हजार नाघेको छ भने २ हजार एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा कोरोनाका कराण सबैभन्दा बढी प्रभावित राज्यमा महाराष्ट्र, गुजरात र दिल्ली पर्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतका सबै राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् । 

विश्वव्यापी महामारी बनेको नोेवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण हालसम्म ४१ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सयभन्दा बढी पुगेको छ भने संक्तमित मध्ये १४ लाख ९० हजारभन्दा बढी  स्वस्थ भएका छन् ।  

Hamro Doctor
Last modified on 2020-05-11 12:36:19

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts