सिन्धुपाल्चोककी महिलाको मृत्युबारे विवरण संकलन गर्दै मन्त्रालय


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको विवरण संकलन गरिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको थप विवरण संकलन गर्ने काम भइरहेको छ ।

vayoda

Hamro Doctor Apps2

गत वैशाख २३ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी हुनका लागि भर्ना भएकी थिइन् । २४ गते सुत्केरी भएकी महिला तीनि वैशाख २५ गते डिस्चार्ज भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

उनले भने, 'घर फर्केपछि ती महिलालाई ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्यम आएपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराइएको थियो । समस्या जटिल बन्दै गएपछि धुलिखेल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।'

डा.देवकोटाले उनको मृत्युको कारणबारे विवरण संकलनको काम भइरहेको र उनको नमूना परीक्षण लगायतका विषयमापनि जानकारी लिने क्रम जारी रहेकाले यो विषयमा मन्त्रालयले विस्तृत विवरणपछि मात्रै सार्वजनिक गरिने बताए ।

Hamro Doctor
Last modified on 2020-05-16 16:48:59

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts