प्रदेश २ र ५ का गरि १९ जना कोरोना संक्रमित निको भएर फर्किए


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, १० जेठ । नेपालमा एकैदिन १९ जना कोरोना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका हुन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्टमा कोरोना नेगेटिभ आएपछि शनिवार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

vayoda

डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेको उनले बताए । शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।

यस्तै, बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकैसाथ १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका नागरिक हुुन् ।

दुई साता अघि अस्पताल भर्ना भएका संक्रमितहरुको लगातार दुई पटकको रिर्पोटमा कोरोना नेगेटिभ आएपछि शनविार उनीहरुलाई डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जिन्त सकिन्छ’ भन्ने सन्देश पनि दिएको डा. थापा बताउँछन् । अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । 

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए ।

लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने खनालले बताए । हिजोमात्रै बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जनाको कोरोनो जितेको घर फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणपछि निको भएर फर्किनेको संख्या ८९ पुगेको छ ।

Hamro Doctor
Last modified on 2020-05-23 21:05:26

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts