देवचुलीका कोरोना संक्रमित जो एक्लै हिँडेर मध्यराति अस्पताल पुगे


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

चितवन, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक पुरुष एक्लै हिँडेर मध्यराति अस्पताल पुगेर भर्ना भएको बुझिएको छ ।

पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष हिँडेर एक्लै मध्यराति भरतपुर कोराना विशेष अस्थायी अस्पताल पुगेर भर्ना भएको पाईएको हो ।

vayoda

Hamro Doctor Apps2

रक्सौलबाट ट्रकमा चढेर भरतपुरको केन्द्रीय बस टर्मिनल झरेर उनी हिँडेरै विमानस्थल अगाडिको बाटो हुँदै चौबीसकोठीबाट कोरोना अस्पतालसम्म पुगेको पाईएको भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्यूजलाई बताए । संक्रमितका अनुसार भारतको कोलकत्ताबाट आएका उनी रक्सौलसम्म पनि ट्रकमा नै आएका थिए । कोलकत्ताबाट आएको ट्रकमा चालक, सहचालक र उनी थिए । त्यस्तै रक्सौलबाट भरतपुरसम्म आएको ट्रकमा उनी र चालक मात्र थिए ।

उनी वैशाख ३० गते मध्यराति चितवनको भरतपुर कोराना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । ३१ गते स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाईएको थियो । जेठ १ गते बिहान परीक्षणको नतिजामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सोही दिन उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको छ । चितवनमा रहेको भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

डा. तिवारीका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको भरतपुर कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

चितवनको भरतपुमा रहेको भरतपुर कोराना विशेष अस्थायी अस्पताल र भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला दुवै भरतपुर अस्पताल मातहत संचालनमा छन् ।

Hamro Doctor
Last modified on 2020-05-16 17:53:35

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts