लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्छुः अध्यक्ष भट्टराई



Download our app to get more features

सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको अस्पतालको विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईलाई नियुक्त गरेको छ । स्वास्थ्य क्षेत्रमा बिगत १९ वर्षसम्मको अनुभव भएका भट्टराईसँग स्वास्थ्य क्षेत्र बाहेक यातयात क्षेत्रमा समेत १० वर्षको अनुभव रहेको छ । 

स्पट वक्ताका रुपमा परिचित भटराई लुम्बिनी प्रादेशिक अस्पतालमा आएपछि के छन् नयाँ योजना  अस्पतालको काम सुधार र भावि योजनाका बारे गरेको कुराकानीः

लामो समयदेखि अन्य क्षेत्रमा बिताउनु भएको तपाईंको यात्रा अस्पताल तर्फ कसरी आयो ?  अस्पतालको सुधारमा तपाईंका योजना के के छन् ?
म लामो समयसंम्म स्वास्थ्य क्षेत्रमै संग्लन रहेको छु । विगत १९ वर्ष भयो । चिकित्सक क्षेत्रमा जनशक्ती उत्पादन गर्ने कलेज र १० वर्षसम्म नर्सिड कलेजमा आबद्ध रहेको रहेर काम गरेको छु । त्यसका अलाबा १० वर्षभन्दा बढी यातयात क्षेत्रमा रहेर काम गरे । अरु संघसंगठन धेरैमा आबद्ध रहेको छु । 

मलाई सोच आएको भन्दापनि प्रदेश ५ सरकारले सूर्य बहादुर भट्टराईले काम गर्न सक्छ भन्ने लागेर होला अस्पतालमा विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । यो अस्पताल एक व्यक्तिले सुधारको लागि भन्दा पनि प्रदेश सरकारले गौरवको आयोजना बनाएर काम अघि बढाएको छ । त्यसका लागि अस्पतालबाट हामीले काम गर्ने वातावरण बनाउने हो । 

म मात्र नभएर अस्पतालका मेसु लगायका सबै लागेर हामीले यो कामलाई अघि बढाएका छौ । प्रदेश सरकारले १२ सय बेडको १० तले अस्पताल बनाउने वाहिर रहेको जग्गामा व्यवसायिक भवन बनाउने कामको लागि पुर्वाधार तयार गर्ने काममा छौ । त्यसका अलाबा अस्पतालमा पानी एकमात्र रहेको छ । त्यसलाई बढाउनु पर्ने छ । अक्सिजन प्लान्ट थप गर्नुपर्ने छ ।

अस्पतालका कपडा धुने समस्या निकै ठुलो छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रका कपडा तिनाउ खोलमा धुदा सफा होला की नाई यो निकै समस्या भएको छ । यसलाई तत्काल यहि धुने व्यवस्था मिलाउने काम गर्नु छ । अरुत अस्पतालमा भैरहेको सेवालाई चुस्त दुरुस्त बनाउने काम हो हामी लागि रहेका छौ ।

अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालि सकेपछि कस्तो पाउनुभयो अन्य क्षेत्र र यो क्षेत्रमा कत्तिको फरक छ ?
मैले फरक पाईन् । बिगत लामो समयसम्म स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत रहेको छु । बरु अस्पतालमा आउँदा केहि थाहा नभएको अध्यक्ष जस्तो नभएकोले चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सहज भएको अनुभव गरे । मेडिकल भाषा बुझ्ने भएकोले अरु अध्यक्षलाई जस्तो मेडिकल भाषा बुझ्न समस्या भएन । 

फरक केहि छैन । सबैका आफ्ना आफना निती नियिम हुन्छन् त्यहि अनुसार काम भैरहेको छ । जिम्मेवारी पाएपछि अस्पताल सुधारको लागी थप जिम्मेवारी बढेको छ । आवश्यक स्रोत साधन प्रयोग गरेर लुम्बिनी प्रादेशिक अस्पताललाई  ५ नम्बर प्रदेशमा भएको अस्पतालबाट अरु प्रदेशकाले सिक्ने खालको बनाउने प्रयन्तमा लागेको छु ।

यी विभिन्न योजनामध्ये तत्काल गर्नुपर्ने र तपाईंको प्राथमिकतामा परेका विषयहरु कुन.कुन हुन् ?
तत्काल आवश्यक के छन् तिनलाई प्राथामिकतमा राखेर कामको सुरुवता गरेका छौ । पहिलो आवश्क्ता भनेकोे अस्पतालमा चौबिसै घन्टा सेवा दिने स्वास्थ्यकर्मी बस्ने आवास क्षेत्र आवश्यक छ । ५० जना नर्स र ५० जना चिकित्सक बस्ने ठाउँ तत्काल आवश्यक रहेकोले त्यसलाई प्राथामिकतामा राखेर काम अघि बढाएका छु । 

प्रदेश ५ सरकार सामाजीक विकास मन्त्रालयको गत वर्षको बजेबाट कर्मचारी आवास बनाउने काम भएकोले त्यसलाई यो छिटो छरितो बनाउन अध्यक्ष मेसु हामी सबै लागेका छौ । अर्काे भने दुई ठुला भवन बनाउने भएकोले सबैको ध्यान त्यहि छ । त्सैले पुर्वाधार निर्धारणमा लागेका छौ ।

अन्य क्षेत्रका कर्मचारीको तुलनामा यहाँका कर्मचारीसँग काम गर्न कत्तिको सहज हुने रहेछ ?
अरुक्षेत्रमा भन्दा झन् सहज भएको छ । किनभने आफ्नो काम के हो पहिले नै तय भएको हुँदो रहेछ । अस्पताल आएपछि बस्ने गफगाफ गर्ने भन्दा पनि डियुटीमा जाने व्यवस्था हँुदो रहेछ । काम गर नगर भन्ने अवस्था केहि छैन ।

धेरै सहज पाए खुशी लाग्यो । तर, प्राविधिक क्षेत्रमा भन्दा अप्राविधिक क्षेत्रमा केहि काम गर्न नखोज्ने, आउने हाजीर गर्ने, काम नगरि खाने मानसिकता भएका केहि रहेछन् । त्यो मानसिकता भएकालाई  काममा लगाउने प्रयास गर्ने छु । अहिलेसम्म उनीहरुको काम हेरेको छु सुधारकोे मौका दिएको छु । अबपनि पहिलेको जस्तो अवस्था भए सामाजीक मन्त्रालयको समन्यमा के हुन्छ त्यहि गर्ने गरि काम अघि बढाउँछु ।

अस्पतालमा आवश्यक्ता अनुसार स्टाफ नर्सदेखि अन्य कर्मचारी छैनन् । नयाँ उपकरण पनि छैन, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
त्यो त अस्पतालको कमजोरी हो । आवश्यक दरबन्दी अनुसारका कर्मचारी पठाईदिन माग सरकारसँग गर्नेछु । काम नै रोकिने अवस्था भएपछि सरकारले पनि केहि कर्मचारी पठाईदेला । नभएपनि केहि व्यवस्था गर्न भनेर निर्देशन देला त्यहि अनुसार हामी अघि बढ्छौ ।

उपकरण पनि आवश्यक अनुसार सरकासँग माग गर्नेर्छौं । हामीलाई उपकरण कम छन् बिरामीको चाप छ  प्रदेश सरकारको ध्यान लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेको छ । 

पक्कैपनि हामी उपकरण अभावमा समस्या नहोला सामाजीक विकास मन्त्री, मुख्यमन्त्रीलाई अस्पतालको अवस्थाबारे जानकार हुनुन्छ । हामीपनि बेलाबेलामा अस्पतालबारे जानकारी गराउछौ । आवश्यक सहयोग सल्लाहको लागी अनुरोध गर्दछौ ।

अस्पतालमा प्यारामेडिक्स बढुवा भएर छैंठौ भएपछि कुनै विभागको इन्र्चाज पाउने अनि नर्सिङले नपाउने यो नियमलाई परिवर्तन हुन्छ कि पुरानै अवस्थामा रहन्छ । ५० वर्षभन्दा माथिका नर्सिङ अधिकृत खोपको बक्स बोकेर हिड्छन ? 
स्वास्थ्यको नीति नियम धेरै परिवर्तन गर्नु पर्ने देखिन्छ समयको मागसँगै यो पनि परिवर्तन होला राज्यले उहाँहरुलाई जिम्मेवारीनदिएपनि सम्मान दिनुपर्ने हो त्यो भएको देखिँदैन । हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा  उहाँहरुको ज्ञान सिपलाई सम्मान गर्दै वरिष्ठलाई एक कुर्सी टेबल राख्ने व्यवस्था मिलाउने हो । यो काम छिट्टै हुन्छ लकडाउनको समस्याले रोकिएको छ ।

अब पुनः सुरु गरेर रोकिएका काम अघि बढाउँछु । सरकारको नीति नियम भित्र रहेर काम गर्ने हो । हामी नीति नियम परिर्वतन गर्ने होईन सरकारको अधिनभित्र रहेर काम गर्ने हो ।

अस्पतालमा सुधार गर्नुपर्ने या सेवा थप्नुपर्ने के के छन् ? अस्पतालमा दैनिक कति बिरामी उपचारका लागि आउँछन ?
अस्पतालमा सुधार गर्नुपर्ने र थप्नु पर्ने ठाउँ धेरै रहेका छन् । अहिले यस क्षेत्रको सरकारी अस्पतालमा एक मात्र यो डायालासिस सेवा रहेको छ यो निकै कम छ । हामीले यसलाई २० वटा बेडको बनाउने तयारीमा लागेका छौ । त्यस्तै आईसीयू क्याबिन कम छन् त्यो पनि थप गर्नु पर्ने भएको छ । 

अस्पतालमा एनआईसीयू, सीसीयू लगायतका केहि नयाँ सेवा पनि थप गर्ने तयारीमा रहेका छौं । दैनिक ७ सयदेखि १ एक हजारसम्म आउँछन् । हामीले थप सेवा दिँदै गयो भने १५ सय पुग्ने अवस्था रहेको छ ।

हामीले अरु नयाँ काम पनि सुरु गर्ने तयारीमा रहेका छौ । अस्पतामा जेष्ठ नागरिक, वृद्ध, अपाङ्ग जस्ता बिरामी भएर आएर बस्ने क्याबिनको अभाव छ । उनीहरुका लागी सबै व्यवस्था छुट्टै गर्ने तयारी गरेका छौ । अस्पतालको गेटबाट भित्रसम्म अपाङ्ग मैत्री सडक बनाउँदै छौ । नभएका सेवा थप गर्ने भएका कारणले विशिष्टिकृत गर्ने र सहज सर्बसुलभ तरिकाले सेवा दिने वातावरण मिलाउँदै छौ । 

यी सब योजना बनाईरहँदा चुनौतीहरु के के देख्नुहुन्छ ? तपाईंले व्यवस्थापन जिम्मा लिएपछि अस्पतालको सेवा प्रवाहमा के परिवर्तन आएको छ ?
चुनौती नभएका ठाउमा अवसर कहाँ हुन्छन् । पक्कैपनि अवसर र चुनौती दुबै रहेका छन् । मैले चुनौतीलाई अवसरको रुपमा दिएर काम अघि बढाउने तयारीमा छु । अस्पतालमा अप्रेशन हुन्छ । अप्रेशनलाई पुनः अप्रेशन गरेर अस्पतालाई अहिलेसम्म रहेका सानातिना मसिना चोटपटकलाई निको बनाउने तरिकाले अघि बढने तयारीमा छु सबैको सहयोगको आवश्यकता रहेको छ । 

अध्यक्ष नियुक्ति भएपछि केहि सुधारका काम सुरु गर्नु भयो ? 
पक्कैपनि सुरु गरेका छन् । म अध्यक्ष नियुक्ति भएर आएपछि अस्पतालमा कोरोना महामारी भएको अवस्थामा कोरोना अस्थायी अस्पताल आईसीयू सहितको बनाईयो । ओपिडि कक्षलाई खुल्ला बनाईएको छ । ईर्मेजेन्सीलाई सानो थियो ठुलो बनाईयो सुविधा सम्पन्न भएको छ । 

पोष्टवार्ड,  फिबर क्लिनिक सर्जिकल वडा लगायका केहि काम भएका छन् । म विश्वस्त छु । हामीले गर्ने सकारात्क काममा सहयोग र नराम्रो काममा विरोधको अपेक्षा गरेको छु । सबैको सहयोगबाट अस्पतालको रुप परिवर्तन गर्न सकिन्छ भन्ने आशा गरेको छु ।  

लुम्बिनी प्रादेशिक अस्पतालको हरेक क्षेत्रलाई सुधार गर्दै, गुनासोलाई सम्बोधन गर्दै नमूना अस्पतालको रुपमा विकास गर्नेछु ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts