भारतीय नीति आयोगको चेतावनीः सावधानी नअपनाए एक अर्ब मानिस कोरोना संक्रमित हुन सक्ने



Download our app to get more features
Spark_health_home

एजेन्सी, ९ असोज । भारतमा कोरोना भाइरसका कारण झन्डै एक अर्ब भन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।

भारतको नीति आयोगका सदस्य डा डाक्टर भी के पालका अनुसार जुन गतिमा भारतमा कोरोना संक्रमितको दर बढीरहेको छ, यदि सावधानी अपनाइएन भने भारतका झन्डै ८५ प्रतिशत अर्थात् एक अर्ब मानिसहरु संक्रमित हुन सक्नेछन् । 

vayoda

डाक्टर पाले मानिसहरुलाई संक्रमणबाट जोगिनु पर्ने भएकाले अनिवार्य मास्क लगाउन, भौतिक दुरी कायम गर्ने सम्बन्धी नियमलाई कडाईंका साथ पालना गर्नुपर्ने बताए । उनले भने, ‘देशमा लगभग ८० देखि ८५ प्रतिशत मानिसहरु सजिलै कोरोना भाइरसको चपेटामा आउन सक्ने अवस्था छ । त्यसकारण यदि नियमलाई पालना गरिएन भने अवस्था झन् भयावह हुन सक्छ ।’

कोररोना भाइरस आउने दिनमा एक व्यक्तिबाट पाँच व्यक्ति र पाँच व्यक्तिबाट पचास व्यक्तिमा फैलिने हुन सक्छ भन्दै डा पाले संक्रमणको तीव्र गतिलाई नियन्त्रणमा ल्याउनको लागि सबै सतर्क र सचेत हुन आवश्यक रहेको बताए । 

यसैबीच, भारतीय चिकित्सा अनुसन्धान परिषदका एक वरिष्ठ अधिकारीले ८० देखि ८५ प्रतिशत भारतीय अति संवेदनशील श्रेणीमा रहेको र अन्य १५ प्रतिशत मानिस पहिलेदेखि नै कोरोना संक्रमित भइसकेको वा उनमा भाइरससँग लड्ने राम्रो प्रतिरोधात्मक क्षमताको विकास भइसकेको बताए ।
 
भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले हर्ड इम्यूनिटी बन्नमा अहिले समय लाग्ने भएकाले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रीत रहेको बताए । उनका अनुसार मुलुकमा गरिएको सेरो सर्वेक्षणमा धेरै जसो मानिस कोरोना महामारीको जोखिममा रहेको पत्ता लागेको थियो ।
यस्तै परिषदका विज्ञान विभाग प्रमुख ललित कान्तले भारतमा आउने समय झन् खतरापूण हुन सक्चे चेतावनी दिँदै चाडपर्वको समयमा कोरोना महामारीको जोखिमबाट बच्नका लागि बनाइएका मापदण्य पूरा गरिएन भने त्यसले ठूलो चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरे ।

भारत कोरोना संक्रमणका कारण विश्वकै दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म ५७ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ९१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts