कोरोना नियन्त्रणको अभियान चलाउन पालिकाहरुलाई सरकारको आग्रह



Download our app to get more features
Spark_health_home

काठमाडौं, १७ असोज । स्वास्थ्य मन्त्रालयले सबै वडाका टोलटोलमा कोरोना नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गर्न पालिकाहरुलाई अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धिका लागि विशेष भूमिका खेलिरहेका महिला स्वास्थ्य स्वयंसेविका तथा पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहभागी गराएर चेतनामुलक अभियान सञ्चालन गर्न अनुरोध गरेकाहुन्  ।

vayoda

कोरोना महामारी २१औं शताब्दीका लागि कडा चुनौती भएर संसारभरि फैलिरहेको भन्दै डा. गौतमले यसबाट सुरक्षित रहने प्रमुख उपाय खोप भएको बताए ।  तर खोप नआउञ्जेल मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजर प्रयाग गर्नु नै उत्तम विकल्प हुने बताए ।  

उनले स्थानीय स्तरका सबै स्वास्थ्य संस्थाले सामुदायिक स्वास्थ्यका कार्यक्रम बनाउँदा कोरोना सङ्क्रमणबाट बच्ने उपायलाई प्राथमिकतामा राख्न पनि आग्रह गरेकाछन्  । 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts