बच्चालाई हुने डाउन सिन्ड्रोम के हो ?



Download our app to get more features

मानव शरीरका कोषहरूमा २३ जोडी क्रोमोजोम हुन्छन् । २१ नम्बरको क्रोमोजोम जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुन्छ ।

यसरी एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । यसलाई कतिपयले देवीदेवताको श्राप ठानेर धामीझाँक्री र देवीदेवताको मन्दिरमा भौतारिने पनि गर्छन । तर, यो रोग होइन शारीरिक अवस्था हो । डाउन सिन्ड्रोम हुँदा बालबालिकाको कद कम हुनेदेखि गम्भीर मानसिक सुस्ततासम्म देखिन्छ । यस्ता बालबालिकाको लालनपालन निकै कठीन हुने गर्छ । डाउन सिन्ड्रोम भएका बच्चामा मुटु सम्बन्धी रोग, रक्त क्यान्सर जस्ता गम्भीर रोग देखिन सक्छ ।

डाउन सिन्ड्रोम बच्चा जन्मिनुअघि नै हुने भएकाले यसको कुनै उपचार छैन । तसर्थ, बच्चा जन्मिनु अघि नै यसबारे जानकारी लिन स्क्रिनिङ गर्ने गरिन्छ । मानव शरीरमा सामान्यतया ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम अवस्थामा भने ४७ ओटा क्रोमोजोम हुन्छ । जसले मानिसलाई शारीरिक रुपमा अशक्त बनाउँछ ।

डाउन सिन्ड्रोम तीन प्रकारका हुन्छन्
 ट्राईसोमी २१ 
ट्रान्स लोकेसन 
मोजियाक 

यसकारण हुन्छ डाउन सिन्ड्रोम
वंशाणुगत कारण :–  यो अभिभावकको (आमाबाबु) कारणले हुन्छ । ३५ वर्षपछि गर्भवती भई जन्मेका बालबालिकामा डाउन सिन्ड्रोमको सम्भावना बढी हुन्छ । यसरी जन्मेका कुल बालबालिका मध्ये ८० प्रतिशतमा यो सम्भावना हुन्छ । एमिनोयोसेन्टेसिस र कोरियोनीकभिल्स स्याम्पल परीक्षणका साथै परक्युटानियस ब्लड स्यामप्लिङ्ग गरेर डाउन सिन्ड्रोम गर्भावस्थामा नै थाहा पाउन सकिन्छ । जन्मपछि यदि चिकित्सकले बच्चाको विकास र शारीरिक लक्षण डाउन सिन्ड्रोम जस्तो लागेमा रगत परीक्षण गर्नुपर्छ । जसलाई क्यारियोटाईपिङ परीक्षण भनिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts