कोरोना संक्रमितले दशैंमा खानपान गर्दा के-के ध्यान पुर्याउने ?



Download our app to get more features

यतिखेर विश्व कोरोना महामारीसंग जुधीरहेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दैगर्दा २०७७ सालको दशैं घरदैलोमै आइपुगेको छ । दशैं भन्नेबित्तिकै मासु र विभिन्न परिकारका खानेकुरा खाएर हर्षोउल्लासको साथ मनाउने चाड भनेर बुझिन्छ । 

धेरै कोरोना संक्रमीत यतिखेर होम आइसोलेसन वा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । कोरोना संक्रमितले दशैंमा खानपानमा कस्तो ध्यान पुराउन पर्ला भन्ने खुलदुली संक्रमीत र परिवारजनमा हुन सक्छ ।  

कोरोना संक्रमण भएकाहरुले दशैंमा त्यस्तो अरु स्वास्थ मानिसभन्दा बेग्लै किसिमको खाना खान पर्दैन । सामान्य स्वस्थ मानिसले झै मासु वा अन्य परिकार खान सकिन्छ । तर खाँदाखेरी धेरै चिल्लो, बोसोयुक्त र मसला हालेको मासु सकेसम्म नखादा उचित हुन्छ । कोरोना संक्रमितमा उच्च रक्तचाप, सुगर, हाइ कोलेस्टेरोल जस्तो समस्या छ भने दशैंको खानपानले समस्या निम्त्याउन सक्छ । 

साथै दशैंको बेला हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपान सेवन गर्नु पनि उतिकै जरुरी हुन्छ । झोल खानेकुराहरु प्रसस्त, सागपात र फलफुललाई पनि खानामा समाबेश गर्नुपर्छ । सबै खानेकुरा मिलाएर सन्तुलित भोजन गर्नुनै कोरोना विरुद्ध आफ्नो शरीरको लड्ने प्रतिरोधात्मक क्षमता बढाउने उपाए हो ।

Last modified on 2020-10-24 21:15:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts