बुटवलमा उपचाररत दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, ५ कत्तिक । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल १७ मोतीपुरका ८१ वर्षीय र बुटवल ११ का ४७ वर्षीय गरि दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा विष्णु प्रसाद गौतमका अनुसार ८१ वर्षीय पुरुष असोज २७ गते अस्पताल भर्ना भएको र आज बिहान उनको मृत्यु भएको हो । उनी मधुमेह र रक्तचापका बिरामी थिए ।

यस्तै अर्का ४७ वर्षीय पुरुष असोज २४ गते अस्पताल भर्ना भएको र उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । तर उपचार सम्भव नभएपनि उनको पनि आज बिहान नै मृत्यु भएको डा गौतमले बताए ।

ती पुरुष पनि रक्तचापका बिरामी थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts