धुलिखेल अस्पतालले भन्योःकोरोना संक्रमितको उपचाराउनु छ भने ५० हजार धरौटी जम्मा गराउनुस्



Download our app to get more features

काठमाडौं, ५ कात्तिक । धुलिखेल अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि बिरामीसँग ५० हजार धरौटी माग गरेको छ ।

अस्पतालले सूचना जारी गर्दै कोरोना संक्रमित बिरामीमा सामान्य लक्षण देखिए भर्ना गर्दा कम्तीमा ५० हजार धरौटी राख्ने पर्ने व्यवस्था गरिएको बताएको छ । 

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणबाट पछि हटेसँगै अस्पतालले सूचना जारी गरेको हो । 

यस्तै लक्षण नभएका बिरामीले कम्तिमा दिनको ३५ सय रुपैयाँ तिर्नुपर्ने, यसका साथै औषधि तथा रोग निदानमा थप खर्च भए त्यसको पनि जिम्मेवारी संक्रमित स्वयंले नै लिनुपर्ने सूचनामा अस्पतालले उल्लेख गरेको छ । 

त्यसबाहेक आईसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी राख्नु पर्ने समेत अस्पतालले सूचनामा उल्लेख गरेको छ । अस्पतालको सूचनामा दैनिक रूपमा आईसियूमा राखिएका बिरामीलाई १५ हजार तिर्नुपर्ने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts