कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारको निर्णय आपत्तिजनकः डा. केसी



Download our app to get more features

काठमाडौं, ५ कात्तिक । प्राध्यापक डाक्टर गोविन्द केसीले कोरोना संक्रमितको उपचार निःशुल्क हुनुपर्नेमा माग गरेका छन् । 

डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारको निर्णय संविधानको उल्लंघन र सर्वोच्च अदालतको अवहेला हुने उल्लेख गरेका छन् । 

कोभिडले स्वास्थ्य संकटसँगै आर्थिक विपत्ति पनि ल्याएकाले यसका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था तत्काल गरिनुपर्छ, त्यसो नगरिनु संविधानको उल्लंघन र सर्वोच्च अदालतको अवहेलना हुने उनको विज्ञप्तिमा भनिएको छ । 

डा विज्ञप्तिमा सत्तारुढ दलसित नाभि जोडिएका बिचौलिया र कमिशनखोरहरुको स्वार्थमा आँच पु¥याउन सरकार नडराउने हो भने मात्रै पनि आर्थिक स्रोतको अभाव नहुनु पर्ने हो । दीर्घकालमा चाहिं गाउँदेखि केन्द्रसम्मका सार्वजनिक स्वास्थ्य संस्थाहरुको व्यापक क्षमता वृद्धि गर्नका लागि राज्यका प्राथमिकतामै परिवर्तन ल्याउनुपर्ने उल्लेख गरिएको छ ।

उनले कोभिड महामारीका कारण यो विषय चर्चा र विमर्शमा रहेको बेला नेपालको स्वास्थ्य क्षेत्रका दीर्घकालीन र संरचनागत समस्याहरुको पनि मूल्यांकन गरेर तिनको हल निकाल्न जरुरी रहेको भन्दै तत्काल कोभिडको निःशुल्क उपचार सुचारु गर्दै दीर्घकालमा सार्वजनिक स्वास्थ्य संस्थाहरुको बिस्तारको ठोस काम शुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Last modified on 2020-10-21 11:27:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts