चितवनमा झन्डै १६ सयजना आइसाेलेसनमा, २१ सय भन्दाबढी स्वस्थ



Download our app to get more features

चितवन, ८ कात्तिक । दसैँकाे समयमा चितवनमा अहिले काेराेना भाइरस (काेभिड–१९) संक्रमित एक हजार ५ सय ८१ जना आइसाेलेसनमा रहेका छन् । 

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेकाे तथ्याङ्कमा शनिवार दिउँसोसम्म जिल्लाभर एक हजार दुई सय २ जना हाेम आइसाेलेसन, एकसय ५५ जना संस्थागत आइसाेलेसन र दुई सय २४ जना अस्पतालमा गरी एक हजार ५ सय ८१ जना आइसाेलेसन रहेकाे जनाईएकाे छ ।

त्यस्तैगरी जिल्लामा शनिवार दिउँसोसम्म कुल संक्रमितको संख्या तीन हजार सात सय ३३ जना पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म दुई हजार एकसय ३ जना काेराेना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् ।

भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा मात्रै दुई हजार ५ सय १३ जना संक्रमित मध्ये एक हजार ३ सय २८ जना निकाे भएका छन् ।

चितवनमा संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । अहिलेसम्म दुई हजार २ सय ३५ जना पुरूष र एक हजार ४ सय ९८ जना महिलामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित मध्ये जिल्लाभर अहिलेसम्म ४९ जनाकाे मृत्यु भएकाे जनाएकाे छ । मृत्यु हुनेमा २८ जना भरतपुर महानगरपालिका भित्रका छन् । बाँकी २१ जना जिल्लाका अन्य पालिकाका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमितकाे मृत्यु भएकाे छैन ।

Last modified on 2020-10-24 17:28:13

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts