भारतमा थप ४४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

भारत, १० मंसिर । भारतमा कोरोना संक्रमणका कारण थप ४ सय ८९ जनाको मृत्यु भएको छ ।
 
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ४ सय ८१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कुल मृत्यु हुने संख्या एक लाख ३४ हजार ७ सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ४४ हजार ३ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९२ लाख २२ हजार २ सय १७ पुगेको छ ।
 
यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ८६ लाख ४२ हजार ७ सय ७१ जना स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts