विश्वभर एकैदिन थपिए ६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित, झन्डै १३ हजारको मृत्यु



Download our app to get more features

एजेन्सी, ४ माघ । विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १२ हजार ८ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख ३० हजार ९ सय १४ पुगेको छ । 

हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ लाख ७३ हजार ३४ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय सङक्रमितको सङ्ख्या २ करोड ५१ लाख ४५ हजार ४ सय ६६ रहेको छ । 

गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ९९ हजार १ सय ८७ जना,  ब्राजीलमा ६२ हजार ४ सय ५२ जना, बेलायतमा ४१ हजार ३ सय ४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४ सय ६ जना रहेका छन् । 

यस्तै मेक्सिकोमा १ हजार १ सय ६ जना, ब्राजीलमा १ हजार ५९ जना, रुसमा ५ सय ९० जना, इटालीमा ४ सय ७५, जर्मनीमा ५ सय ८४ जना, फ्रान्समा १ सय ९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 

Last modified on 2021-01-18 07:10:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts