कपिलवस्तु र रुपन्देहीका गरि थप दुई जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, १३ मंसिर । कपिलवस्तु र रुपन्देहीका गरि थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बुटवल धागो कारखानास्थित अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा बुटवल ७ का ४२ वर्षीय र कपिलवस्तुको गोरुसिंघा २ का ७४ वर्षीय पुरुषको  मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

बुटवलका पुरुषमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो र कोरोना पुष्टि हुनासाथ उनी अस्पताल भर्ना भएका थिए । उनको शुक्रवार राति साढे ११ बजेतिर मृत्यु भएको बताइएको छ ।

यस्तै कपिलवस्तुका पुरुषमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएका थिए । उनी मिर्गौलाका बिरामी रहेको र डायलासिस गराउँदै आएका थिए । उनको पनि शुक्रवार राति १० बजेर २० मिनेटमा मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts