के भिटामिन 'डी' ले कोभिड-१९ को संक्रमणबाट जोगाउँछ ? यसो भन्छन् विज्ञ



Download our app to get more features

बीबीसी, ६ पुस । भिटामिन 'डी' थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरिक्ष सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ ।

उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ ।

vayoda

तर जाडो महिनामा र घाममा कम बस्न पाउने अवस्थाका मानिसहरूले आफ्नो शरीरको हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि भने "भिटामिन डी सप्लिमेन्ट" भनिने अतिरिक्त मात्रा ग्रहण गर्नु उचित हुने सुझाव दिइएको छ ।

स्वास्थ्य अधिकारीहरूले भिटामिन डी र कोभिड-१९ को सम्बन्धका विषयमा प्रस्तुत गरिएका प्रमाणहरूको समीक्षा गरेका थिए ।
 
केही सानो सङ्ख्यामा भएका अध्ययनहरूले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया जनाउन सघाउन भिटामिन डीको सम्बन्ध हुनसक्ने देखाएका थिए । तर, ती विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ रोगको उपचारमा भिटामिन डीको प्रयोग गर्ने सिफारिस गर्न र सुझाव दिनका लागि "प्रमाणहरू अपर्याप्त" रहको पाइएको बताएका छन् ।

प्रस्तुत प्रमाणहरूको अध्ययन गरेका स्वास्थ्य विज्ञहरूले भनेका छन् कुनै निष्कर्षमा पुग्नुअघि थप उच्चस्तरीय र नियन्त्रित प्रकृतिका परीक्षणहरू गरिनु आवश्यक छ ।

इङ्ग्ल्यान्डमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकाय न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर एक्सिलेन्स (एनआईसीई) का एक निर्देशक डा. पल क्रिस्प भन्छन्: " प्रमाणहरू भनेर प्रकाशित नै भएका विवरणहरूलाई हामी निरन्तर निगरानीमा राख्नेछौँ र आवश्यकताअनुसार उपचारसम्बन्धी निर्देशनहरूलाई अद्यावधिक गर्ने र समीक्षा गर्ने कार्य गर्नेछौँ ।"

लन्डनस्थित क्वीन मेरी यूनिभर्सिटीकी एक क्लिनिकल प्रोफेसर एड्रिएन मार्टिन्यू भन्छन्, 'भिटामिन डीले कोभिड-१९ को जोखिम र गम्भीरतालाई कम गर्न सक्ने सम्भावना हुन सक्छ र हाल जारी रहेका चिकित्सा परीक्षणहरूले "सम्भवतः यस विषयमा उठेका प्रश्नमा थप प्रकाश पार्न" सक्नेछन् ।'

तर जाडो मौसममा कम घाम लाग्ने वा घाम ताप्न नपाउने ठाउँका मानिसहरूले स्वास्थ्यका लागि थप भिटामिन डी सेवन गर्नु आवश्यक हुनसक्छ ।

यसै पनि यो महामारीका बेला घरभित्रै 'आइसोलेशन'मा रहेका र कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरबाहिर ननिस्केर कोठामा नै धेरै समय बिताउनु परेको अवस्थाका मानिसहरूले घामबाट पाइने भिटामिन डी पर्याप्त मात्रामा प्राप्त गर्न नसकेको हुनसक्छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts